कोरोना महामारी, फेरिएको दैनिकीले पार्ने असर र बच्ने उपाय
विश्व यतिबेला कोभिड–१९ नामक भाइरसको कारण तहस नहस बनेको छ । चिनको उहानबाट शुरुवात भएको उक्त भाइरस चिनमा मात्रै सिमित नरही विश्वभर नै माहामारीको रुप धारण गरिसकेको अवस्था छ । यो भाइरसले आजसम्म २ लाख १० हजार बढी मानिसको मृत्यु भैसकेको छ भने ३० लाख बढि ब्यक्तिहरु संक्रमित भैसकेका छन् । माहामारी यतिमा मात्रै सिमित रहने अवस्था देखिदैन । विश्वका अति विकसित मानिएको देश अमेरिका देखि अविकसित सम्मका देशहरुमा समेत यसले माहामारीको रुप धारण गरिसकेको छ । शक्ति राष्ट्रहरु समेत आलस तालस परेको अवस्था छ । उक्त माहामारीलाई मानव जातिले विकास गरेको प्रविधिले रोक्न समेत यतिबेला हम्मे हम्मे पारेको अवस्था छ ।
उक्त भाइरसद्धारा संक्रमित हुने क्रमबाट नेपाल पनि अछुतो रहन सकेन । हालसम्म ५२ जना संक्रमित भैसकेका छन् । विश्वको मृत्यु र संक्रमणको त्रासदीपूर्ण समाचारले मानिसको मनमष्तिष्कलाई खलबलाएको छ । यो माहामारीले विश्वभरी नै मानिसको दैनिकी फेरि दिएको छ । प्राय सबै देशहरु लकडाउनको अवस्थामा छन् । हाम्रो सरकारले पनि सम्भावित माहामारीलाई मध्ये नजर गरेर गत चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको छ । र पटक पटक गरी एक महिना लामो लकडाउन भइसकेको छ र पछिल्लो पटक बैसाख २५ गते समको लागि लकडाउन थपिएको छ । साथै यो अवस्था अझै कति लम्बिन्छ भन्ने यकिन गर्न सकिने अवस्था पनि छैन । अत्यावश्यक सामाग्री किनमेल बाहेक अरु समय जोकोही ब्यक्ति पनि बाहिर फेर हिड्न मनाही गरिएको छ ।
यसरी हप्तौ घरमा बस्दा एकातिर त्रासदीपुर्ण समाचारले मानिसमा डर, त्रास र भए पैदा गरेको छ भने अर्कोतर्फ दिनभर घरमै बस्दा सबैले इलोक्ट्रोनिक सामान प्रयोग गरेको पाइएको छ । यी र यस्ता सामाग्रीको प्रयोग बच्चामा कति ठिक कति बेठिक हुन्छ त ।
राज्यले माहामारीबाट बच्न एकान्तवासको निति निमार्ण गरेको कारण घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । स्कुल कलेज बन्द छ त्यसैले पनि फेरिएको दैनिकीसँगै आजभोली प्राय विहान उठेदेखि साझ सुत्नेवेलासम्म बच्चाहरु इलोक्ट्रोनिक सामानमा झुण्डिएको पाउछौ ।
यो अवस्थामा आफ्ना सन्तानलाइ मोवाइल, आइप्याड, ट्याव, ल्यापटप जस्ता इलोक्ट्रोनिक साधनहरु उपलब्ध गराउँने कुरा स्वभाविक पनि हो । जुन बानी त्यति राम्रो होइन । जसको अत्याधिक प्रयोगले बच्चालाई बोनम्यारो क्यासन्रको समस्या, स्मरण शक्तिमा कमि देखि आमाशय, आँखा तथा कान लगायत शरिरको विभिन्न भागमा समस्या देखिन सक्छ । त्यति मात्रै होइन बच्चा एकोहोरिने, बेलाबेलामा निकै आक्रोशित हुने, जिद्धी हुने, मागेको कुरा हुनै पर्ने जस्ता समस्या पनि देखिन सक्छ । त्यतिसम्मलाई आमाबाबुले बच्चा हो भनेर वास्ता गर्दैनन तर जव बच्चाले पढेको कुरा सम्झन नसक्ने हुन्छ, खाजा खाएको, होमवर्क गरे नगरेकोसम्म पनि थाहा नपाउने हुन्छ ।.राम्रै पढ्ने बच्चा पढाइमा कमजोर हुँदै जाने र अन्तत अनुतिर्ण समेत हुने भएपछि बल्ल आमाबाबुले मेरो बच्चालाई के भयो भनेर खोजि गर्न थाल्दछन् । त्यसैले यतिबेला प्रत्येक अभिभावक चनाखो बन्नु पर्ने देखिन्छ । यदि बेलैमा चनाखो बन्न सकेनौ भने यसबाट निम्तने समस्या निकै खतरनाक बन्न सक्छ ।
यदि यो अवस्था सृजना भएको छ भने यस्तो अवस्थाको बच्चालाई इलोक्ट्रोनिक स्क्रिन सिन्ड्रम भइसकेको मानिन्छ । यो निकै घातक मानसिक समस्या हो । विश्व स्वास्थ्य सङ्गठनले बच्चामा हुने यस्तो समस्यालाई इलोक्ट्रोनिक स्क्रिन सिन्ड्रम भएको मानेको छ । यस्तो समस्या खासगरि रक्सी, चुरोट, कोकिनको लतभन्दा पनि निकै डरलाग्दो हुने मानिन्छ । यसबाट बच्चालाई छुटाउन निकै समय लाग्छ । यस्तो समस्यामा रहेको बच्चा अब्यवहारिक हुनुको साथै सानोतिनो कुरामा पनि रिसाउने, झर्को फर्को गर्ने, जिद्दी, एकोहोरे हुने तथा सानो समस्यालाई पनि निकै ठुलो रुपमा लिने गर्दछ ।
इलोक्ट्रोनिक स्क्रिन सिन्ड्रम हुने बच्चामा देखिने समस्याः—
– उदासिनता
– ध्यान केन्द्रित गर्न नसक्ने
– बेइमान हुने वा झुट बोल्ने
– चिन्तित हुने
– दोषी महशुष गर्ने
– कम्प्युटर, स्मार्ट फोन पाउदा खुशि हुने
– अरुबाट अलग बस्ने, हुने
– समयको ख्याल नगर्ने
– नियमित काम छोड्दै जानु
– स्वभावमा परिवर्तन आउनु
– डराउनु
– एकोहोरो हुने
– रिसाउने
– झिझ्झिने
– पढाइमा कमजोर हुदै जाने
– टोलाएर बस्ने
– स्मरण शक्तिमा हस हुदै जाने
– निद्रामा अनियमितता
– एक्लो महशुष गर्नु
– आफ्नो नियमित कामको रुटिन देखि वाक्क हुनु, दिक्क मान्नु
बालबालिकामा इलोक्ट्रोनिक स्क्रिन सिन्ड्रमले पार्ने दुस्प्रभाव वेलैमा ध्यान दिइएन भने यसको दुस्परिणाम भयावह हुन्छ । बालबालिकाको सिर्जनशीलता ह्रास हुन्छ । पढाइदेखि कुनै कुरामा ध्यान केन्द्रित गर्न सक्दैन । विभिन्न मानसिक समस्याले गाँज्दै लान्छ । अभिभावकलाई धम्क्याउने, झर्कने, जिद्दीपन बढ्दै जान्छ भने कतिपयमा डिप्रेसन हुन्छ । आत्महत्या र अपराधको मनोवृत्ति बढ्छ । पर्सनालिटी डिस्अर्डरको समस्या पनि देखिन्छ । सामाजिक व्यवहार कमजोर हुन्छ । अनुशासनहीनता बढ्छ । जिम्मेवार नागरिक बन्न सक्दैन । त्यसैले यसको प्रयोगमा अभिभावक सृजनसिल बन्न जरुरी देखिन्छ ।
यसको उपचार विधि
– ब्यक्तिगत, सामुहिक तथा पारिवारिक थेरापि
– आर्ट थेरापी
– सिविटि
– ब्यवहार संसोधन(विहेवियर मोडिफिकेसन) थेरापी
– रियालिटि थेरापी
विश्व स्वास्थ्य सङ्गठनले बढ्दो स्मार्ट फोनको प्रयोगले आगामी २० बर्षमा प्रत्येक परिवारमा एक जना ब्यक्ति गम्भिर प्रकृतिको विरामी बन्नेछ भनेर भनिसकेको छ । त्यस्तै म्क्ःख् ले इलोक्ट्रोनिक स्क्रिन सिन्ड्रम पनि लागू पदार्थ दुब्र्यसनी जस्तै एक प्रकारको अति गम्भिर प्रकृतिको मेण्टल डिस्अर्डर हो भनेर परिभाषित गरेको छ । यस्तो अवस्थामा हामी सबैले प्रविधिको प्रयोग नगरी बस्न पनि सक्दैनौ । पछाडि फर्केर बाच्न पनि सक्दैनौ तर आफू र आफ्नो परिवार, अनि समाजलाई स्वस्थ्य बनाउन प्रविधिको सहि प्रयोग गर्नु पर्दछ । साथै आफ्नो छोराछोरीले प्रयोग गर्ने इलोक्ट्रोनिक सामानको प्रयोग गर्दा कतै दुरुपयोग त गरेका छैनन् भन्ने कुरामा सचेत बन्ने र बनाउने गर्नु पर्दछ ।
जसरी लागु पदार्थ दुब्र्यसनीबाट ब्यक्तिलाई बाहिर निकाल्न निकै कठिन हुन्छ त्यस्तै इलोक्ट्रोनिक स्क्रिन एडिक्सनबाट व्यक्तिलाई बाहिर निकाल्न निकै गाहे हुने तथा स्मरण शक्तिमा समेत कठिन हुने हुनाले बेलैमा सचेत बन्न जरुरी छ । यदि एडिक्सनमा पुगिसकेको भए मनोचिकित्सक तथा मनोविद्सँग परामर्श गर्न पनि त्यक्तिकै जरुरी छ । त्यसैले प्रविधिको प्रयोग गर्दा बेलैमा सचेत बन्नु पर्दछ ।
आमाबुवाले यतिबेला बालबालिकालाई भुलाउनकै लागि इलोक्ट्रोनिक सामान मात्रै पनि दिनु हुँदैन । बरु आफ्नो बच्चालाई प्रशस्त समय दिनु पर्दछ । बालबालिका जिज्ञासु हुन्छन् । नयाँ कुरासँग बढी चाँडो आकर्षित हुन्छन् । बालबालिकालाई सबैभन्दा ठूलो कुरा अभिभावकको समय हो । समय दिनुपर्छ । अहिलेको अवस्थामा उनीहरूलाई सिर्जनशील काम गर्न लगाउनुपर्छ । कथा भन्ने, सुन्ने बानीको विकास गर्नुपर्छ । यसले स्क्रिनको दुस्प्रभावबाट बचाउन सकिन्छ । बच्चासँग घर भित्रै खेल्न मिल्ने खेलहरु खेल्ने, चित्र बनाउन प्रोत्साहित गर्ने लगायतका सृजनसिल काममा लाग्न सकिन्छ । त्यसो गरेमा बच्चालाई स्वस्थ्य बनाउन तथा स्वस्थ्य समाजको निर्माण गर्न सकिन्छ ।