चार दिनअघि जारी अध्यादेश राष्ट्रपतिद्वारा खारेज, प्रश्न उठ्याे नैतिकताकाे

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले अाफैंले बैसाख ८ गते हतारमा राती जारी गरेका दुई अध्यादेश खारेज गरेेेेकी छिन् ।
सो कुराको जानकारी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
शुुक्रबार  बसेको मन्त्रिपरिष बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

गत साेमबार प्रधानमन्त्री केपी शर्मा अाेलीकाे ठाडाे प्रस्तावमा मन्त्रीपरिषदकाे बैठकले राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश र संवैधानिक परिषद्सम्वन्धि गणपुरक संखया घटाउने अध्यादेश पारीत गरि राष्ट्रपतिबाट तत्कालै जारी गरिएको थियाे ।

मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।

राष्ट्रपतिले कसैसँग सल्लाह नलिई, छलफल नै नगरि हतारमा अध्यादेश जारी भएकोमा सर्वत्र अालाेचना भएको थियाे ।

अध्यादेश खारेजी सँगै राष्ट्रपतिकाे पदिय अाचरण र नैतिकताको प्रश्न जवरजस्त रूपमा उठेकाे छ । यस कदमले राष्ट्रपतिकाे अाेज घटाएकाे छ भने राजिनामा गर्नुपर्ने मागपनि अाएका छन् ।