
राजपा र समाजवादीबीच मध्यरातमा एकता
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर नेतृृृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ ।
बुधबार राति भएको एकता वार्तामा पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने सहमति भएको छ ।
सरकारले हिजाे मात्रै दल विभाजन सम्वन्धि खुकुलाे व्यवस्थासहितको अध्यादेश जारी गरेपछि मधदलमा फुट हुने चर्चा चलिरहेका बेला उल्टै एकता भएको छ ।
नयाँ पार्टीकाे झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो ।
