नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली गतिविधिको आलोचना

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ८ बैसाख
सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष के पी शर्मा ओलीले चालेका कदम र गतिविधिको आलोचना भएको छ ।
मन्त्रीपरिषदको बैठकबाट दल विभाजन सम्वन्धी अध्यादेश जारी गर्ने निर्णय गराएपछि पार्टीभित्र तिब्र विरोध भएपछि आयोजना गरिएको सचिवालय बैठकमा उक्त निर्णयको तिब्र आलोचना भएको हो ।
पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका वरिष्ठ नेताहरुले प्रधानमन्त्री ओलीले ल्याएको दल विभाजनबारेको अध्यादेश बेमौसमि र समय सान्दर्भिक नभएको प्रतिक्रिया दिएका थिए ।
बैठकमा आलोचना भएपछि प्रधानमन्त्री के पी ओलीले अध्यादेश राष्ट्रपतिबाट प्रमाणकिरण भैसकेको अवस्थामा धेरै बहस गर्नु उचित नभएको र आगामी दिनमा निर्णय लिनु पुर्व छलफल गर्ने भन्दै टारेका थिए ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले निर्णय गर्नुपुर्व छलफल नभएको र समय सान्दर्भिक पनि नदेखिएकोले यस विषयमा छलफल भएको बताएका थिए । उनले प्रधानमन्त्रीले आगामी दिनमा निर्णय लिनुपुर्व छलफल गर्न सचिवालय बैठकले सुझाव दिएको बताए ।

बैठकपछि सचिवालय बैठकबारे जानकारी दिँदै प्रबक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तीमा सरकारले गरेको अध्यादेशबारेको निर्णयको विधि, प्रक्रिया र समय सन्दर्भलगायत नमिलेको समिक्षा गर्दै कोरोना विरुद्धको लडार्यमा सिंगो राष्ट्रलाई एकताबद्ध गराएर अगाडि वढ्नुपर्ने आवश्यकतामा जोड दिइएको उल्लेख छ ।

प्रेस विज्ञप्ति-
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डूको संयुक्त अध्यक्षतामा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भयो ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभयो । तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ आफ्नो धारणा राख्नुभयो ।
छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो ।
बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
८ बैशाख २०७७