नेपालमा काेराेना : विराटनगरमा ६५ वर्षीय पुरुष थप (भारतीय), संक्रमितको संख्या ३१

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा फैलिरहेकाे काेराेना भाइरस काेभिड १९ शनिवार थप एक जनामा संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
आज संक्रमित विराटनगरका ६५ वर्षीया पुरुष भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष पनि भारतीय हुन्। ती पुरुष शुक्रबार उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जना संक्रमित समूहकै रहेका मन्त्रालयले जनाएको छ। उनी पनि भारतीय नागरिक भएको मन्त्रालयले जनाएको छ।