सरकार ! अस्पताललाई प्रविधियुक्त बनाऊ, चिकित्सकको मनोबल बढाऔं
अहिले विश्व नै एउटा जिवाणुको संक्रमणको त्रासदीले आक्रान्त छ । नेपालको आत्मीय उत्तरी छिमेकी चिनको बुहानबाट करिब ३ महिना अघि फैलन शुरु भएको कोरोना भाइरस (बदलिएको नाम कोभिड १९)ले यो लेख लेखिरहँदा सम्म १ सय ९० देशलाई छोपीसकेको छ । १६ हजारको ज्यान लिइसकेको यो भाइरसले ४ लाख २२ हजार बढि संक्रमित भइसेका छन् । अमेरिका र युरोप जस्ता विकसित मुलुकहरुमा यसले नागरिकको ज्यान लिने क्रम बढिरहेको छ भने हाल सम्म औषधी पत्ता लाग्न नसक्दा विश्व नै तवाह तवाह बनाएको छ । चिनले कोरोनासँग जुधिरहँदा ताली पिटेर र रमिता हेरेर बस्ने मुलुकहरु आज चिनले त्यसबाट कठीन प्रयत्न र उच्च प्रविधिमार्फत आफूलाई मुक्तप्रायः गरिसक्दा आफू अपार पुँजी र प्रविधिका बाबजुद कोरोनासँग आत्मसमर्पण गर्नुपर्ने अवस्थामा पुगिरहेका छन् । जसको पछिल्लो उदाहरण इटाली र अमेरिका अनि स्पेन बनिरहेका छन् ।
हामीले ७ दिन लकडाउन गरेका छौं छिमेकी भारतले २३ दिनको लागि लक डाउन गरेको छ । चिनले ३ महिना नै लक डाउन गर्यो इटालीसहितका युरोपियन देशहरु महिना दिनदेखि लक डाउनमा छन् । तर पनि कोरोनाको संक्रमण घटेको छैन बढिरहेको छ कारण हो लकडाउनको सहि पालना नहुनु र हेल चक्रयाई गर्नु । बेला छँदै सुरक्षाको उपाय नअपनाउनु र संक्रमणले च्यापीसकेपछि लकडाउनमा जानु ।
नेपाल आफ्नो छिमेकमा उदाएको भाइरस ३ महिनापछि देशमा भेटिँदा देश नै लकडाउनको स्थितिमा पुगेको छ । एक महिना अगाडि नै चिनबाट आएका एक जना विद्यार्थीमा कोरोना प्रमाणीत भएको कुरा लुकाएर अहिले मात्रै सार्वजनीक गरिनु आफैंमा घातक छ भने त्यो भन्दा वढि घातक त्यसपछि पनि कोरोना परिक्षणका लागि आवश्यक किट र पीपीइ ल्याउन तदारुकता नदेखिनु झन बढि घातक छ जसको प्रतिफल आज पनि नेपालका अस्पतालमा प्रविधिको अभाव देखिरहेको छ । नेपालको एक मात्र राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै कोरोना परिक्षणको किट उपलव्ध हुनु र त्यो पनि पर्याप्त नहुनु तथा चिकित्सकहरुलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट उपलव्ध नहुनाले कोरोनाको त्रास झन बढेको देखिन्छ ।
अन्य सरकारी अस्पतालको त कुरै छाडौं, अहिले सरकारले घोषणा गरेको बलम्बुस्थित प्रहरी अस्पताल पनि प्रविधि पूर्ण नभएको गुनासो आइरहेको छ । सरकारले पुर्व तयारीको कुरा गरेको धेरै भयो । तर तीन महिनासम्म कोरोना परिक्षणको किट आयात गर्न नसक्ने स्थिति कसरी सिर्जना भयो । यतिवेला विभिन्न झण्झटपूर्ण टेण्डर प्रक्रियाबाट होइन सरकारले सोझै यस्ता उपकरणहरुको खरीद गर्नुपर्दछ, युद्धमा नियमहरुको पालनामात्र प्रमूख होइन परिणाम प्रधान हुन्छ, जनताले कोरोना उपकरण खरीदमा सरकारले जसो गरेपनि अनुमोदन गर्छन तर एक मात्र सर्त हो नेपाली जनतालाई कोरोना महामारीको संक्रमणबाट बचाउने । राज्यको दायीत्व हो यो । सरकारका मन्त्रीहरु, उच्चस्तरिय नेताहरु सबै सेल्फ क्वारेन्टाईन र आइसोलेसनमा बस्ने तर विरामी परिक्षण गर्ने र उपचार गर्ने चिकित्सकहरु पीपीइ नभएर रामभरोेसेमा उपचारमा खट्नुपर्ने बाध्यता हुँदा र स्थानिय तहमा भएका स्वास्थ्य चौकी र अस्पतालमा कम्तिमा एउटा ज्वरो नाप्ने यन्त्र थर्मल गन समेत उपलव्ध हुन नसक्ने अवस्थाबाट कसरी देशले कोरोनाको त्रासदीबाट मुक्त हुन सक्छ ? तसर्थ सबैभन्दा पहिले यी अभाव पूर्ती गर सरकार ।
देशका विभिन्न स्थानहरुमा कोरोना अस्पतालको नाम दिएर विशेष अस्पतालहरु स्थापना गरिएका छन् यो सुखद खबर र राम्रो कुरा हो जसले आशा र विश्वास जगाउन भुमिका खेलेको छ तर ती अस्पतालमा सामान्य ज्वरो नाप्ने बाहेक अरु काम हुन सक्दैन भने के हुन्छ । सुदुर पश्चिमको एक जनालाई कोरोनाको परिक्षण गर्नुपर्यो भने काठमाडौं र त्यो पनि टेकु अस्पतालमै आउनुपर्ने भए कसरी हुन्छ परिक्षण ? त्यसैगरी प्राइभेट अस्पतालहरुले ज्वरो र रुघाखोकी लागेको विरामीलाई गेटबाटै फिर्ता गर्ने गरेका समाचारहरु आइरहेका छन् । अन्य बेलामा सरकारी अस्पताल जान लागेका विरामीलाई एम्वुलेन्सबाटै अपहरण गरेर प्राइभेट अस्पतालमा लाने होडबाजी गर्ने अस्पतालहरुले देखाएको यो रबैया तत्काल सच्याउन सरकारले आवश्यक निर्देशन र पहल बढाउन अनिवार्य भएको छ । पैसाभन्दा मानवियता महान् हो भन्ने भावनाको विकास गर्न सचेतना र जरिवाना तथा कार्वाहीको प्रक्रियामा जानुपर्ने देखिन्छ ।
सरकारले चिकित्सकहरुलाई साधन श्रोतले सम्पन्न पार्न र अन्यलाई तालिम प्रदान गरी स्वयंसेवक परिचालन गर्न पनि त्यत्तिकै जरुरी छ । जसले कोरोनाको प्रवेश रोक्न, लागिहाले संक्रमण हुन नदिन र उपचारको लागि तत्काल सहयोग गर्न सकोस् । कोरोना लाग्दैमा मरिहाल्ने निको नहुने भन्ने त्रास व्याप्त छ । विश्वभरमा संक्रमित मध्ये ३ प्रतिशत मात्रैले ज्यान गुमाएका र ७९ प्रतिशत उपचार पछि घर फर्केका तथ्यांकहरुको प्रचार प्रसार गर्न सरकारका निकायहरुको भुमिका पुगिरहेको छैन । सरकारले मिडियाहरु परिचालन गरेर सकारात्मक सुचनाहरु फैलाउन जोड गर्नुपर्दछ । त्यसैगरी कोरोनाको परिक्षण र उपचारमा संलग्न चिकित्सक, स्टाफ नर्स, स्वयंसेवक र आम जनमानसको मनोबल बढाउन र हौसला प्रदान गर्न राजनीतिक दल, नेताहरु, सरकारका मन्त्रीहरु र विभिन्न क्षेत्रका सरोकारवालाहरुले कोशिष गर्नुपर्दछ । चिनमा राष्ट्रपति सि ले उपचारमा संलग्न चिकित्सकहरुलाई कोरोना युद्ध क्षेत्रमै गएर दिएका निर्देशन र ढाडसलाई एक पटक हेर्दा हुन्छ, कसरी चिकित्सकको मनोबल उकास्ने र जनतालाई त्रासबाट मुक्त पारी पुनर्जिवन दिने भन्नेकुरा संकटमै नेतृत्वले देखाउने व्यवहारमा भर पर्दछ ।
प्राइभेट अस्पतालहरुले ज्वरो र रुघाखोकी लागेको विरामीलाई गेटबाटै फिर्ता गर्ने गरेका समाचारहरु आइरहेका छन् । अन्य बेलामा सरकारी अस्पताल जान लागेका विरामीलाई एम्वुलेन्सबाटै अपहरण गरेर प्राइभेट अस्पतालमा लाने होडबाजी गर्ने अस्पतालहरुले देखाएको यो रबैया तत्काल सच्याउन सरकारले आवश्यक निर्देशन र पहल बढाउन अनिवार्य भएको छ ।
अहिले सिंगो देश लक डाउनको अवस्थामा छ । हामीले ७ दिन लकडाउन गरेका छौं छिमेकी भारतले २३ दिनको लागि लक डाउन गरेको छ । चिनले ३ महिना नै लक डाउन गर्यो इटालीसहितका युरोपियन देशहरु महिना दिनदेखि लक डाउनमा छन् । तर पनि कोरोनाको संक्रमण घटेको छैन बढिरहेको छ कारण हो लकडाउनको सहि पालना नहुनु र हेल चक्रयाई गर्नु । बेला छँदै सुरक्षाको उपाय नअपनाउनु र संक्रमणले च्यापीसकेपछि लकडाउनमा जानु ।
यतिवेला राज्यले नागरिकप्रति देखाउने दायित्व र नागरिकले राज्यप्रति देखाउने दायित्व सही ढंगले बहन भयो भने कोरोनासँग लडेर विजय प्राप्त गर्न हामी सक्दछौं । नेपालजस्तो अल्पविकसित र भुपरिवेष्ठीत मुलुकमा यदि चिन, युरोप र अमेरिकामा जस्तो महामारी फैलिएमा हामीले नियन्त्रण गर्न सक्दैनौं । तसर्थ नागरिकले राज्यले दिएको निर्देशनलाई हुबहु लागु गर्ने र राज्यले नागरिकको प्रारम्भीक आवश्यकतालाई पुरा गरिदिने दोहोरो सम्वन्धलाई स्थापित गर्दा मात्रै लकडाउनको मक्सद पुरा हुन्छ अन्यथा अत्यावश्यक आवश्यकताको नाममा नागरिक नै सडकमा हिँड्नुपर्ने स्थितिले लकडाउनको मक्सद पुरा हुँदैन । लक डाउनको समयमा अनावश्यक सामग्री उपयोग गर्ने, भण्डारण गर्ने र कालाबजारी गर्ने कुनै पनि कुरा गरिनु हुँदैन । आफुले मात्रै खान पाए भैगो, अरुको वास्ता नगर्ने स्वार्थी बानी त्यागौं, फारोतिनो गरौं र आत्मबल बढाएर अगाडि बढौं, कोरोना कोभिड १९ लाई परास्त गर्ने सामथ्र्य तपाईं हामी आफैंसँग छ । हतास नबनौं, उच्च मनोबलका साथ आ आफ्नो जिम्मेवारी पुरा गरौं ।