टि-२० क्रिकेट : हङकङसँग नेपाल पराजित, छनाैट चरणबाटै बाहिरिने सम्भावना
एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । हारसँगै नेपाल एसिया कप छनोटको यसै चरणबाट बाहिरिने सम्भावना बढेको छ ।
जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ११ रनमै अल आउट भयो। यससँगै नेपालले अघिल्लो चरणमा पुग्नको लागि अब हुने दुवै खेलमा फराकिलो अन्तरले जित्नुपर्नेछ।
ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ४.४ ओभरमा ४२ रनको राम्रो साझेदारी देखाए पनि पछि सोहीअनुरुप खेल अगाडि नबढ्दा नेपालले हारको सामना गर्नु परेको हो।
त्यस्तै नेपालका लागि स्पिनर सुसन भारीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिएका थिए। अर्का स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए। महँगा सावित भएका करण केसीले भने ३ ओभरमा ३३ रन खर्चिए।
पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल २२ रनले पराजित भयो ।