स्पेन बन्याे विश्वकप विजेता, अर्जेन्टिना उपविजेता

मूलखबर संवाददाता
काठमाडौं, ३ साउन

फिफा विश्वकपकाे विजेता स्पेन बनेकाे छ । अमेरिकाकाे न्युयोर्कस्थित रंगशालामा साेमबार विहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेन विश्व विजेता बनेकाे हाे ।

खेलकाे निर्धारित ९० मिनेटसम्म दुबै पक्षबाट गाेल हुन नसकेपछि थपिएकाे समयकाे १०६ ओैं मिनेटमा स्पेनका फेरानेटाेरेसले गाेल गरेका थिए । स्पेनकाे ११ पटककाे गाेल प्रहारलाई अर्जेन्टिनाका गाेल रक्षक मार्टिनेजले कुशलतापुर्व्व बचाउ गरेका थिए ।

अाजकाे खेलमा लगभग पसरै समय स्पेनले बल कब्जा गरेकाे थियाे भने अर्जेन्टिना पुरै डिफेन्ससभ देखिएको थियाे ।

दुबै पक्षका कप्तानले गाेल गर्न नसकेपछि आलोचना भएको थियाे ।