सुनको भाउ ७ सयले बढ्यो : अहिलेसम्मकै उच्च

मूलखबर संवाददाता
काठमाडौं, ११ फागुन

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ।शुक्रबारको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासमै महंगो भएको हो। आइतबार सुन तोलाको ७८ हजार ८ सय रुपैयाँ कायम हुँदै ऐतिहासिक रेकर्ड बनाएको छ।

शुक्रबार प्रतितोला ७८ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आइतबार एकैदिन ७ सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।तेजाबी सुन तोलाको ७८ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँ कायम गरिएको छ।पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। विश्‍व बजारमा समानान्तर अर्थतन्त्र अर्थात् ब्ल्याक मार्केटको रकम सुनमा लगानी गरिँदा पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको जानकारहरु बताउँछन्।