काेहि पनि भ्रष्टाचारीलेे उन्मुक्ति पाउँदैन : प्रचण्ड

मूलखबर संवाददाता
नवलपरासी , १० फागुन

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  भ्रष्टाचारीले उन्मुक्ति नपाउने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसमा कमिसनको बार्गेनिङ गरेका तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाप्रति लक्षित गर्दै उनले घटनाको अनुसधन सुरु भइसकेको र दोषी पुष्टि भए सरकारले कुनै हालतमा छुट नदिने जनाए ।

कोही माथि अदालतमा मुद्दा छ, कसैलाई अख्तियारले छानविन गर्दै छ, उनले भने, ‘सरकार कुनै हालतमा पनि अनुसन्धान अघि बढाउन र कारबाहीको दायरामा ल्याउन कत्ति पनि पछि पर्दैन।’

शनिबार पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा नयाँ भवनको उद्धघाटनपछि बोल्दै दाहालले त्यसो भनेका हुन्। उनले बाँस्कोटा घटनामा सरकारी अंगले अनुसन्धान अघि बढाइसकेको र केही समय धैर्य गरेर हेर्न आग्रह गरे।

उनले प्राकृतिक जीवन पद्दतीसँग साइनो नजोडेसम्म कोही पनि सुरक्षित नहुने स्मरण गर्दै चिकित्सालयमा तत्काल दरबन्दी थप्न र यस्लाई मेडिकल कलेजका रुपमा विकास गर्न आफूले सरकारी संयन्त्र परिचालन गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।
‘कोही माथि अदालतमा मुद्दा छ, कसैलाई अख्तियारले छानविन गर्दै छ, उनले भने, ‘सरकार कुनै हालतमा पनि अनुसन्धान अघि बढाउन र कारबाहीको दायरामा ल्याउन कत्ति पनि पछि पर्दैन।’