
प्रमोद खरेलको ‘धोकेबाज’ सार्वजनीक (भिडियो)
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शान थापाको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ’, सङ्गीतकार हरि लम्सालले भने ।
https://youtu.be/cq91jYRgc7k
