सभामुख अग्निप्रसाद सापकोटाद्धारा सपथ ग्रहण

मूलखबर संवाददाता
काठमाडौं, १३ माघ

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

आइतबार संसदबाट निर्विरोध निर्वाचित हुनुभएका सापकोटाले सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

सापकोटाको शपथसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ । सम्माननीय सभामुख सापकोटाले आजै सिंहदरबारस्थित संसद सचिवालयको कार्यकक्षमा पदभार ग्रहण गर्ने हुनुभएकोछ ।

प्रतिनिधिसभाको रिक्त रहेको सभामुख पदका लागि अग्नि प्रसाद सापकोटाको मात्र एकल उम्मेदवारी दर्ता भएपछि  प्रतिनिधिसभाको बैठकबाट उहाँलाई सभामुख निर्वाचित घोषणा गरिएको हो ।

अग्नि प्रसाद सापकोटा सभामुखमा निर्वाचित

जेष्ठ सदस्यको नाताले सांसद महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखका उम्मेदवार अग्नि प्रसाद सापकोटालाई सभामुखका रुपमा निर्वाचित गर्नका लागि पूर्व सभामुख एवं नेकपाका नेता सुवास नेम्बाङले प्रस्ताव गर्नुभएको थियो भने सांसदहरु देव गुरुङ, ओनसरी घर्ति र लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।