यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अग्नि प्रसाद सापकोटा सभामुखमा निर्वाचित. मूलखबर संवाददाता काठमाडौं संघीय संसद्का सांसद अग्नि प्रसाद सापकोटा आज बसेको प्रतिनिधिसभाको बैठकबाट प्रतिनिधिसभाका सभामुखमा निर्वाचित हुनुभएको छ ।. प्रतिनिधिसभाको रिक्त रहेको सभामुख पदका लागि अग्नि प्रसाद सापकोटाको मात्र एकल उम्मेदवारी दर्ता भएपछि आज बसेको प्रतिनिधिसभाको बैठकबाट उहाँलाई सभामुख निर्वाचित घोषणा गरिएको हो । जेष्ठ सदस्यको नाताले सांसद महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखका उम्मेदवार अग्नि प्रसाद सापकोटालाई सभामुखका रुपमा निर्वाचित गर्नका लागि पूर्व सभामुख एवं नेकपाका नेता सुवास नेम्बाङले प्रस्ताव गर्नुभएको थियो भने सांसदहरु देव गुरुङ, ओनसरी घर्ति र लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।.
अग्नि प्रसाद सापकोटा सभामुखमा निर्वाचित
मूलखबर संवाददाता
काठमाडौं
संघीय संसद्का सांसद अग्नि प्रसाद सापकोटा आज बसेको प्रतिनिधिसभाको बैठकबाट प्रतिनिधिसभाका सभामुखमा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाको रिक्त रहेको सभामुख पदका लागि अग्नि प्रसाद सापकोटाको मात्र एकल उम्मेदवारी दर्ता भएपछि आज बसेको प्रतिनिधिसभाको बैठकबाट उहाँलाई सभामुख निर्वाचित घोषणा गरिएको हो । जेष्ठ सदस्यको नाताले सांसद महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखका उम्मेदवार अग्नि प्रसाद सापकोटालाई सभामुखका रुपमा निर्वाचित गर्नका लागि पूर्व सभामुख एवं नेकपाका नेता सुवास नेम्बाङले प्रस्ताव गर्नुभएको थियो भने सांसदहरु देव गुरुङ , ओनसरी घर्ति र लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।