लिगमा तेस्रो चरणका खेल सम्पन्न, मनाङ मस्र्याङ्दी तालिकाको शीर्ष स्थानमा

मूलखबर संवाददाता
काठमाडौं, १३ पुस ।

नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो चरणका खेल सम्पन्न हुँदा साविक च्याम्पियन मनाङ मस्र्याङ्दी स्पष्ट जितका लागि तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजधानीमा जारी खेलमा १४ क्लबले दशरथ रंगशाला र अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा खेलिरहेका छन् ।

दक्षिण एयिाली खेलकुद सागमा दर्शककले उल्लेख्य सहभागिता जनाउँदै नेपाली यु–२३ टोलीलाई साथ दिए । तर लिगमा भने साथ शून्य प्राय छ । तेस्रो चरणका खेल सम्पन्न भइसकेका छन् ।
साविकको च्याम्पियन मनाङले सम्पन्न तीन खेल मध्य सबै खेलमा जित निकाल्दै ९ अंकका साथ शीर्ष कायम राखेको छ । ललितपुरे टोली थ्रीस्टार पनि अपराजित छ । २ खेलमा जित र एक खेलमा बराबरी खेलको थ्री स्टार ७ अंकका साथ तालिको दोस्रो स्थानमा छ ।

दुई खेलमा जित र एक खेलम बराबरी खेलकाले मच्छिन्द्र ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । गणितिय समिकरणमा ७ अंक भए पनि यस अघि सम्पन्न रेलिगेशन विनाको लिगमा मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा रहँदै एक अंक घटेको हो । समान ६ अंक भएको आर्मी गोल अन्तरका आधारमा तालिकाको चौथौ स्थानमा छ । आर्मीले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ ।

तालिकाको पुछारमा रहेका टोलीद्वय सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लबले सम्पन्न सबै खेलमा नतिजा सुम्पिएका छन् भने अन्य टोलीले मिश्रित नतिजा हात पारेका छन् ।

जारी लिगमा च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखला सर्वाधिक तीन गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । उनको क्लब च्यासलले सम्पन्न तीन खेल मध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा नतिजा सुम्पिएको छ । उनी लगाएत पुराना अनुहारले जारी लिगमा क्लबबाट प्रतिनिधित्व गरिरहेका छन् ।
अस्ट्रेलिया बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी जगजीत श्रेष्ठ मनाङबाट खेल्न नेपाल फर्किएका छन् भने नेपाल पुलिसका रविन श्रेष्ठलेले पुलिस टिममा शुक्रबारको खेलबाट कमब्याक गरेका छन् । यस अघि उनी खुट्टाको चोटका कारण मैदान बाहिर थिए । यस्तै लिगमा नयाँ खेलाडी पनि मौका पाएका छन् भने केही खेलाडीले प्रमाणि गर्ने अवसर पनि पाएका छन् ।

लिगमा अब चौथो चरणका खेल सोमबारबाट हुनेछन् । चौथो चरणका सबै खेल एन्फा मुख्यालयमा हुने एन्फाले जनाएको छ ।