रुसमा विकसित मोवाइल एपबाट सतर्क हुन अमेरिकाको निर्देशन
अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ।
फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले ूप्रतिगुप्तचरीको सम्भावनाू भएको उल्लेख गरेको हो।
अनुहारको तस्बिर सम्पादन गरेर युवा वा वृद्ध देखाइदिन सक्ने फेसएप केही महिनाअघि निकै चर्चित भएको थियो। त्यससँगै गोपनीयतासम्बन्धी प्रश्न पनि उठेको थियो।
अमेरिकामा विदेशी प्रविधि कम्पनीहरूका उत्पादनबाट सुरक्षा चुनौती हुन सक्ने भन्दै चासो व्यक्त भइरहेको बेला एफबीआईको यो टिप्पणी आएको हो।
कुनै पनि मोबाइल एप्लिकेशन वा रुसमा विकसित फेसएपजस्ता उत्पादनबाट जासुसी हुन सक्ने सम्भावना भएको एफबीआईले शुमरलाई पठाएको पत्रमा उल्लेख छ।