भारतको विस्तारवादी नीति : कालापानी र लिपुलेक गर्यो कब्जा, सरकारी धारणा नआउँदा चौतर्फ आक्रोस

मूलखबर संवाददाता
काठमाडौं, २० कात्तिक ।

भारतले नेपालको केही भुभाग नै कब्जा गरेको प्रमाण देखिने गरी नयाँ नक्सा सार्वजनीक गरेपछि भारतविरुद्ध चौतर्फ आक्रोस पैदा भएको छ ।

भारतले हालै सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो।

भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो। भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ। पाकिस्तान प्रशासित कश्मीर ९पीओके० पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ। उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ। यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।

भारतले १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ। नापी विभागमा महानिर्देशक प्रकाश जोशीले यस विषयमा विभागले अध्ययन गर्ने बताउँदै कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको बताए। उनले भारतले नक्सामा पुरानै विषयलाई दोहोह्याएको बताए ।

सुगौली सन्धिमा लिम्पियाधुरासमेत नेपालीमा छ। नेपालकै आधिकारिक नक्सामासमेत लिम्पियाधुरा समेटिएको छैन। भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाँउ अतिक्रमण गर्दै आएको छ।

महानिर्देशक जोशीले नेपालको आधिकारी नक्सामा लिपुलेक, कालापानी र सुस्ता समेटिएको बताए। ‘हाम्रो नक्सामा देखाउनु पर्ने कुरा छोडेका छैनौं,’ उनले भने,‘ उस ९भारत०ले पुरानै कुरालाई दोह्याएको छ।

काली नदीसम्‍म नेपालको भूभाग भएको सन् १८१६ मा भएको सुगौली सन्धिमा उल्लेख छ। सन्धि अनुसार तत्कालीन राजाले काली नदीपारी नेपालले दाबी नगर्ने बताएका थिए । अहिले लिपुखोलाको पश्चिमको भूभाग मात्रै नेपालको नक्सामा समेटिएको छ।

भारतले जारी गरेको नक्सा सुगौली सन्धि विपरित छ। उसले जारी गरेको नक्सामा काली नदीपूर्वको केही क्षेत्रसमेत भारतमा पारेको छ। नापी विभागका पूर्वमहानिर्देशक गणेशप्रसाद भट्ट आफ्नो कार्यकालमा आधिकारिक नक्सा प्रयोग गर्न सुचित गराउने काम गरेको बताए।

‘गलत नक्सा प्रयोग भएको धेरै भेटियो,’ उनले भने, ‘त्यसैले मेरा पालामा नापी विभागले नै प्रकाशन गरेको नक्सा प्रयाग गर्न अभियान चालेका हौं।’