भृकुटिमण्डपमा फेस्टिवल शपिंग मार्केट सुरु, अफरकाे भेला

मूलखबर संवाददाता
काठमाडौं

दशै तिहार तथा छठ पर्वलाई लक्षित गरि काठमाण्डौंको भृकुटिमण्डपमा फेस्टिवल शपिंग मार्केट सुरु भएको छ ।

‘अफरै अफरको व्यापारिक भेला, शपिंग गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सञ्चालन भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सय वटा स्टलहरु रहेको छ ।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ । फेस्टीवल मार्केट अवलोकन तथा किन्न आउनेलाई उपहारको समेत व्यवस्था गरेको छ । बम्पर उपहारको रुपमा अवलोकनकर्ता र किन्न आउनेलाई मोटरसाइकल दिने जनाएको छ । फेस्टिवल सपिंग असोज ९ देखि १३ गते सम्म संचालन हुने छ ।

पुर्वप्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरेकि थिइन्। मेला उद्घाटन गर्दै पुर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवर्द्धन समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन्।

मेला अवलोकन गर्दै कार्कीले व्यापार व्यवसायमा महिलाको सहभागिता व्यापक बन्दै गएकाले सरकारी जागिरको मुख ताक्नु पर्ने अवस्थामा न्युनीकरण हुने अपेक्षा व्यक्त गरिन्।  फेस्टिभल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तर्गतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ ।