किसान र व्यवसायी बीच सहमति : अण्डाको नयाँ मूल्य प्रतिगाेटा १२ रुपैयाँ कायम

मूलखबर संवाददाता
काठमाडौं, ७ असाेज

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले साेमवबार काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् ।

आज कायम भएको नयाँ मुल्य अनुसार विक्रिवितरण नगर्नेलाई कार्वाही गर्र्ने संघले जनाएको छ । आजै मुल्य लागु गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७/७ सदस्ययी समिति गठन गरिएको छ ।
किसानहरु धेरै समयदेखि अण्डको रेट नपाएर व्यवसायी धरासीय भएको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताउनुभयो ।

अण्डाको रेटको लागि सबै मिलेर जादाँ रेट पाईन्छ भन्ने सोचले किसानहरुलाई अण्डाको रेटको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको उहाँले बताउनुभयो । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका पाण्डेले बताउनुभयो । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुन अर्यालले आफै अग्रसर भएर मूल्य वृद्धि गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी किसान तथा सप्तार्यसहरुले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको निष्र्कष समेत निकालेका छन् । भने मुल्य निर्धारण र अनुगमनका लागि आफै सर्वपक्षिय समिति समेत गठन गरेका छन् ।

उनीहरुले अण्डा विकाउने नाममा केहि खराब किसान र व्यवसायीकै कारण मुल्यमा आफु खुसी गर्दा समस्या परेको बताएका छन् ।
यसअघि भदौँ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घट्दै २२० रुपैया पुगेको अण्डाको क्रेट रेटलाई वृद्धि गरि २५० किसान रेट कायम गरेका थियो ।

त्यसको कार्यान्वयनको लागि काठमाडौँको किसानहरुलाई जानकारी गराई काठमाडौँका किसानहरुले पाउने रेट २ सय ६५ रुपैया प्रति क्रेट हुन जान्छ संघको बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक विनोद पोख्रेरलले भन्नुभयो, ‘सोही रेट कार्यान्वयन गर्न अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हौँ ।’

संघका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरी रहनुभएको थियो ।
कार्यक्रममा व्यवसायिक मञ्चका उपाध्यक्ष भट्टले मुल्य निर्धारण मात्रै समस्याको समाधान नभई राज्यले निर्धारण गरे अनुसार उत्पादित अण्डाको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै संघको कार्यक्रमको प्रशंसा गर्नुभयो । अण्डाको बजार अनुगमन समितिका संयोजक मदन पोखरेलले देशका सबै व्यवसायि किसान तथा वितरकहरुसँग छलफल गरेर मूल्यमा एक रुपता ल्याउने बताउनुभएको छ ।

कार्यक्रममा पोल्टी महासंघका उपाध्यक्ष अर्जुन कुमार अर्याल, राष्ट्रिय कुखुरा विक्रिवितरण संघका अध्यक्ष जंगबहादुर बेलबासे, व्यवसायिक मञ्चका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने लगायतको सहभागिता रहेको थियो ।