यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
एनआएनएमार्फत नेपालको विकास र समृद्धिकै लागि मेरो उम्मेदवारी – लोक प्रसाद दाहाल, सहकोषाध्यक्ष. मूलखबर संवाददाता काठमाडौं, १ असोज गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको नवौं अधिवेशन नजिकीदै गर्दा विश्वभरबाट पदाधिकारी र सदस्यहरुमा उम्मेदवार दिनेहरुको लहर नै चलेको छ । नेपालबाट विभिन्न सिलसिलामा विदेश पुगेर एनआएनएको अभियानमा सहभागि बनेका नेपालीहरुको दक्षता, पूँजी र सिपलाई उपयोग गरेर नेपालको समृद्धि र विकास गर्नुपर्छ भन्ने अवधारणामा बनेको एनआएनएको अधिवेशन आगामी अक्टोबर १५ देखि नेपालमा आयोजना हुँदैछ ।. उक्त अधिवेशनमा केन्द्रीय सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका बेल्जीयम निवासी धादिङका लोक दाहाल निकै सफल व्यवसायी र समाजसेवी व्यक्तित्व हुनुहुन्छ । सामान्य परिवेशमा हुर्केर युरोप पुगि विभिन्न व्यवसायमा आवद्ध रहनुभएका दाहालले वेल्जीयममा रहेका नेपालीहरुको समसयामा सहयोग गर्ने देखि मृत्युका मुखमा पुगेर उपचार नपाएकाहरुलाई पुनर्जिवन दिने काम पनि गर्नुभएको छ । उहाँले धादिङमा विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य चौकी निर्माण गर्ने, सडकहरु बनाउने लगायत रामेछाप, सिन्धुपाल्चोकदेखि रुकूम, दाङमा पुगेर समेत समाजसेवा र उद्धारका काममा गर्नुभएको छ । उहाँले एनआएनएको वेल्जीयम महासचिव देखि अध्यक्षसम्मको कार्यकाल सफलतापुर्वक सम्पन्न गर्नुभएको छ ।. अहिले एनआएनएको केन्द्रीय सहकोषाध्यक्ष पदमा उम्मेदवार घोषणा गर्नुभएका दाहालसँग त्यसै विषयमा केन्द्रीत रहेर गरिएको समसामयीक अन्तरवार्त अब प्रस्तुत छ ।. एनआरएनएको सहकोषाध्यक्षमा उठ्दै हुनुहुन्छ, तपाईको जित्ने आधार के? एनआरएन विदेशमा रहनुभएका नेपालीहरुको साझा र प्रिय संगठन हो । यसले नेपाल र नेपालीको हितमा काम गर्छ । म २००३ देखि एनआरएनएको अभियानमा सहभागि भएर विभिन्न स्तरको जिम्मेवारी कुशलतापुर्वक र सफलतापुर्व निर्वाह गरिसकेको छु । मैले बेल्जीयममा रहेर यहाँ बसोवास गरिरहनुभएका नेपाली समुदायको हक हित अधिकार र समस्यामा सदा साथ दिँदै आइरहेको छु भने मातृभुमि नेपालमा गएर विभिन्न समाजसेवाका कामहरुमा सक्रिय सहभागिता र नेतृत्व समेत गरिसकेको छु । मैले वेल्जीयमको महासचिव, अध्यक्ष भएर काम गरिसकेको अवस्थामा नेपालका विभिन्न आयोजनाहरुमा लगानी गरेर अगाडि पनि बढिरहेको छु । अहिलेसम्म मैले बेल्जीयम सहित विश्वभरका एनआएनए साथीहरुबाट पाएको माया सद्भाव, प्रेरणा र उत्साह नै मेरो जितका आधार हुन् ।. सामाजिक व्यक्तित्व तपाई समयको समायोजन कसरी गर्नुहुन्छ? हो यो महत्वपूर्ण प्रश्न हो । म सामाजिक रुपमा सक्रिय व्यक्तित्व हो । समाजमा हुने सबै गतिविधि र समस्याहरुमा म निरन्तर सहभागि भइरहेको छु । त्यसको लागि मेरो व्यक्तिगत कामहरुलाई पनि थाति राखेर हिँड्ने बानी नै परिसकेको छ । एनआएनए पनि त्यही सामाजिक काम र अभियान नै हो । अहिलेसम्म बेल्जीयममा बढि केन्द्रीत रहेको अवस्थामा अबको जिम्मेवारी विश्वभर हुनेछ त्यसको लागि मैले मानसिकता बनाएर तयार भइसकेको छु । म जिम्मेवारी अनुसार समय व्यवस्थापन गर्न सक्छु ।. सहमतिका लागि तपाईले आफ्नो उम्मेदवारी फिर्ता लिनु पर्ने अवस्था आयो भने तयार हुनुहुन्छ? पहिलो कुरा त मैले यो कुनै बार्गेनिङको लागि उम्मेदवारी घोषणा गरेको होइन । मैले म सँग भएको अनुभव र आवश्यकताको आधारमा यो पदमा उम्मेदवारी घोषणा गरेको हो । त्यसैले यसलाई फिर्ता लिने भन्ने कुरै आउँदैन । जहाँसम्म सहमतिको कुरा छ त्यसमा मेरो नाममा सहमति हुन सक्छ भन्ने विश्वास मलाई छ किनकी मैले धेरै छलफल, परामर्शपश्चात नै उम्मेदवारी घोषणा गरेको हो । मलाई धेरै साथीहरुको सदभाव र विश्वास प्राप्त भएको छ ।. उहाँले धादिङमा विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य चौकी निर्माण गर्ने, सडकहरु बनाउने लगायत रामेछाप, सिन्धुपाल्चोकदेखि रुकूम, दाङमा पुगेर समेत समाजसेवा र उद्धारका काममा गर्नुभएको छ । उहाँले एनआएनएको वेल्जीयम महासचिव देखि अध्यक्षसम्मको कार्यकाल सफलतापुर्वक सम्पन्न गर्नुभएको छ ।. एनआरएनएभित्र रकमको पारदर्शीता हुन नसकेको भन्ने टिप्पणी पनि आएका छन्, आर्थिक संयोजनमा पारदर्शिताका आधारहरु के के हुनसक्छन? हो यस्ता टिप्पणीहरु आउने गरेका छन् । संसथाको मुख्य मेरुदण्ड भनेको नै आर्थिक पारदर्शीता हो । आर्थिक पारदशीृता हुन सकेन भने संस्थाप्रतिको विश्वास गुम्दै जान्छ र संस्था नै धराशायी हुन्छ त्यसैले म निर्वाचित भएपछि मैले यसलाई प्रमूख जिम्मेवारीको रुपमा पनि लिएको छु । त्यसको लागि आधुनिक प्रविधि र प्रणालीमा लेखाप्रणाली विकास गर्नुपर्छ, आन्तरिक लेखा परिक्षण नियमित रुपमा गरिनुपर्दछ र आम्दानी खर्चको फाँटबारी दुरुस्त राख्नुपर्छ । खर्चमा मितव्ययीता अपनाउनुपर्दछ ।. अहिले सम्म धादिङमा या गोरखामा भूकम्प गए यता कस्ता–कस्ता कामहरु गर्दै आउनु भएको छ? समग्र रुपमा भू–कम्प गई सकेपछि १५ दिनको लागी एउटा शिबिर लेराएको थियौँ । त्यो शिबिरले हामीले त्यतिखेर प्रत्यक्ष रुपमा १५ जनाको उपचार गरायौँ । बुढाथुममा भने एक हजारको हाराहारीमा बसेरीको जनताको उपचार गराएका थियौँ । त्यतीखेरै हामीले २ वटा स्कुलमा टी।एल।सी। भवन निर्माण गरेर बच्चाहरुलाई त्यहि राख्यौँ अस्थाई रुपमा ।. अहिले हालसालै हामीले एउटा भवन हस्तान्तरण गरेका छौँ । बद्री प्रसाद विद्यालयमा हामीले ७१ लाख नेपाली रकम खर्च गरेर निमार्ण गरेको विद्यालय भवन मैले हाल सालै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्रण गरियो । त्यसै क्रममा मन्दिरहरु निर्माणको लागी मेरो श्रीमती सीता दाहाल उसले आफ्नै कमाईबाट आफ्नै चाहनामा मन्दिर,मरण घाट र गाउँमा खानेपानीका धाराहरु निर्माण गरेको हो । भूकम्प गएको समयमा मैले गाउँमा आएर जस्ताको पाताहरु बढे,त्यो मेरो आफ्नै लगानीमा काम गरे र त्यसपछि डाक्टरहरु ल्याउने क्रममा कतिपय खर्चहरु मेरो केहि र उँहाहरुकै लगानीमा मैले त्यो समयमा डाक्टरहरु लेराएर सामाजिक काम गरे ।. भूकम्प गएको समयमा आएर हामीले त्यो समयमा खानेपानी देखि लिएर शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा गरेर हामीले त्यतिखेर लगभग धादिङ जिल्लाको विभिन्न क्षेत्रमा डेढ करोडको सहयोगहरु गरेका थियौँ । यहि शिलशिलामा मैले केहि महिना भित्रमै बुढाथुम र बसेरीलाई लक्षित गरी एउटा एम्बुलेन्स राख्ने छु । यसको लागी मेरो व्यक्तिगत लगानी र संस्थाले पनि यसको लागी मलाई सहयोग गर्ने छ ।. यो सम्मेलनले कस्तो नेतृत्व चयन गरोस् भन्ने अपेक्षा गर्नुहुन्छ? यो सम्मेलनले सक्षम, सबल, जुझारु, क्रियाशील र इमान्दार नेतृत्व चयन गरोस् भन्ने अपेक्षा गर्दछु र गर्नेछ भन्ने विश्वास पनि व्यक्त गरेको छु । किनकी विश्वभर रहनुभएका गैर आवासिय नेपाली समदायले आफ्नो पक्षमा र नेपाल र नेपालीको समृद्धिको पक्षमा भाग्यको फैसला गर्ने समय हो यो । मलाइ लाग्छ विदेशमा रहनुभएका नेपालीहरुले धेरै हण्डर, ठक्कर खाएर अनुभव संगालेर आत्मविश्वासका साथ मतदान गर्नुहुनेछ र नेपालललाई विश्वको सुन्दर र धनी मूलुकमा पुर्याउन दृढतापुर्व र जिम्मेवार भएर काम गर्ने नेतृत्व र उम्मेदवारहरुलाई विजयी गराउनुहुनेछ ।.
एनआएनएमार्फत नेपालको विकास र समृद्धिकै लागि मेरो उम्मेदवारी – लोक प्रसाद दाहाल, सहकोषाध्यक्ष
मूलखबर संवाददाता
काठमाडौं, १ असोज
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको नवौं अधिवेशन नजिकीदै गर्दा विश्वभरबाट पदाधिकारी र सदस्यहरुमा उम्मेदवार दिनेहरुको लहर नै चलेको छ । नेपालबाट विभिन्न सिलसिलामा विदेश पुगेर एनआएनएको अभियानमा सहभागि बनेका नेपालीहरुको दक्षता, पूँजी र सिपलाई उपयोग गरेर नेपालको समृद्धि र विकास गर्नुपर्छ भन्ने अवधारणामा बनेको एनआएनएको अधिवेशन आगामी अक्टोबर १५ देखि नेपालमा आयोजना हुँदैछ ।
उक्त अधिवेशनमा केन्द्रीय सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका बेल्जीयम निवासी धादिङका लोक दाहाल निकै सफल व्यवसायी र समाजसेवी व्यक्तित्व हुनुहुन्छ । सामान्य परिवेशमा हुर्केर युरोप पुगि विभिन्न व्यवसायमा आवद्ध रहनुभएका दाहालले वेल्जीयममा रहेका नेपालीहरुको समसयामा सहयोग गर्ने देखि मृत्युका मुखमा पुगेर उपचार नपाएकाहरुलाई पुनर्जिवन दिने काम पनि गर्नुभएको छ । उहाँले धादिङमा विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य चौकी निर्माण गर्ने, सडकहरु बनाउने लगायत रामेछाप, सिन्धुपाल्चोकदेखि रुकूम, दाङमा पुगेर समेत समाजसेवा र उद्धारका काममा गर्नुभएको छ । उहाँले एनआएनएको वेल्जीयम महासचिव देखि अध्यक्षसम्मको कार्यकाल सफलतापुर्वक सम्पन्न गर्नुभएको छ ।
अहिले एनआएनएको केन्द्रीय सहकोषाध्यक्ष पदमा उम्मेदवार घोषणा गर्नुभएका दाहालसँग त्यसै विषयमा केन्द्रीत रहेर गरिएको समसामयीक अन्तरवार्त अब प्रस्तुत छ ।
एनआरएनएको सहकोषाध्यक्षमा उठ्दै हुनुहुन्छ, तपाईको जित्ने आधार के ?
एनआरएन विदेशमा रहनुभएका नेपालीहरुको साझा र प्रिय संगठन हो । यसले नेपाल र नेपालीको हितमा काम गर्छ । म २००३ देखि एनआरएनएको अभियानमा सहभागि भएर विभिन्न स्तरको जिम्मेवारी कुशलतापुर्वक र सफलतापुर्व निर्वाह गरिसकेको छु । मैले बेल्जीयममा रहेर यहाँ बसोवास गरिरहनुभएका नेपाली समुदायको हक हित अधिकार र समस्यामा सदा साथ दिँदै आइरहेको छु भने मातृभुमि नेपालमा गएर विभिन्न समाजसेवाका कामहरुमा सक्रिय सहभागिता र नेतृत्व समेत गरिसकेको छु । मैले वेल्जीयमको महासचिव, अध्यक्ष भएर काम गरिसकेको अवस्थामा नेपालका विभिन्न आयोजनाहरुमा लगानी गरेर अगाडि पनि बढिरहेको छु । अहिलेसम्म मैले बेल्जीयम सहित विश्वभरका एनआएनए साथीहरुबाट पाएको माया सद्भाव, प्रेरणा र उत्साह नै मेरो जितका आधार हुन् । 
सामाजिक व्यक्तित्व तपाई समयको समायोजन कसरी गर्नुहुन्छ ?
हो यो महत्वपूर्ण प्रश्न हो । म सामाजिक रुपमा सक्रिय व्यक्तित्व हो । समाजमा हुने सबै गतिविधि र समस्याहरुमा म निरन्तर सहभागि भइरहेको छु । त्यसको लागि मेरो व्यक्तिगत कामहरुलाई पनि थाति राखेर हिँड्ने बानी नै परिसकेको छ । एनआएनए पनि त्यही सामाजिक काम र अभियान नै हो । अहिलेसम्म बेल्जीयममा बढि केन्द्रीत रहेको अवस्थामा अबको जिम्मेवारी विश्वभर हुनेछ त्यसको लागि मैले मानसिकता बनाएर तयार भइसकेको छु । म जिम्मेवारी अनुसार समय व्यवस्थापन गर्न सक्छु ।
सहमतिका लागि तपाईले आफ्नो उम्मेदवारी फिर्ता लिनु पर्ने अवस्था आयो भने तयार हुनुहुन्छ ?
पहिलो कुरा त मैले यो कुनै बार्गेनिङको लागि उम्मेदवारी घोषणा गरेको होइन । मैले म सँग भएको अनुभव र आवश्यकताको आधारमा यो पदमा उम्मेदवारी घोषणा गरेको हो । त्यसैले यसलाई फिर्ता लिने भन्ने कुरै आउँदैन । जहाँसम्म सहमतिको कुरा छ त्यसमा मेरो नाममा सहमति हुन सक्छ भन्ने विश्वास मलाई छ किनकी मैले धेरै छलफल, परामर्शपश्चात नै उम्मेदवारी घोषणा गरेको हो । मलाई धेरै साथीहरुको सदभाव र विश्वास प्राप्त भएको छ ।
उहाँले धादिङमा विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य चौकी निर्माण गर्ने, सडकहरु बनाउने लगायत रामेछाप, सिन्धुपाल्चोकदेखि रुकूम, दाङमा पुगेर समेत समाजसेवा र उद्धारका काममा गर्नुभएको छ । उहाँले एनआएनएको वेल्जीयम महासचिव देखि अध्यक्षसम्मको कार्यकाल सफलतापुर्वक सम्पन्न गर्नुभएको छ ।
एनआरएनएभित्र रकमको पारदर्शीता हुन नसकेको भन्ने टिप्पणी पनि आएका छन्, आर्थिक संयोजनमा पारदर्शिताका आधारहरु के के हुनसक्छन ?
हो यस्ता टिप्पणीहरु आउने गरेका छन् । संसथाको मुख्य मेरुदण्ड भनेको नै आर्थिक पारदर्शीता हो । आर्थिक पारदशीृता हुन सकेन भने संस्थाप्रतिको विश्वास गुम्दै जान्छ र संस्था नै धराशायी हुन्छ त्यसैले म निर्वाचित भएपछि मैले यसलाई प्रमूख जिम्मेवारीको रुपमा पनि लिएको छु । त्यसको लागि आधुनिक प्रविधि र प्रणालीमा लेखाप्रणाली विकास गर्नुपर्छ, आन्तरिक लेखा परिक्षण नियमित रुपमा गरिनुपर्दछ र आम्दानी खर्चको फाँटबारी दुरुस्त राख्नुपर्छ । खर्चमा मितव्ययीता अपनाउनुपर्दछ ।
अहिले सम्म धादिङमा या गोरखामा भूकम्प गए यता कस्ता–कस्ता कामहरु गर्दै आउनु भएको छ ?
समग्र रुपमा भू–कम्प गई सकेपछि १५ दिनको लागी एउटा शिबिर लेराएको थियौँ । त्यो शिबिरले हामीले त्यतिखेर प्रत्यक्ष रुपमा १५ जनाको उपचार गरायौँ । बुढाथुममा भने एक हजारको हाराहारीमा बसेरीको जनताको उपचार गराएका थियौँ । त्यतीखेरै हामीले २ वटा स्कुलमा टी।एल।सी। भवन निर्माण गरेर बच्चाहरुलाई त्यहि राख्यौँ अस्थाई रुपमा ।
अहिले हालसालै हामीले एउटा भवन हस्तान्तरण गरेका छौँ । बद्री प्रसाद विद्यालयमा हामीले ७१ लाख नेपाली रकम खर्च गरेर निमार्ण गरेको विद्यालय भवन मैले हाल सालै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्रण गरियो । त्यसै क्रममा मन्दिरहरु निर्माणको लागी मेरो श्रीमती सीता दाहाल उसले आफ्नै कमाईबाट आफ्नै चाहनामा मन्दिर,मरण घाट र गाउँमा खानेपानीका धाराहरु निर्माण गरेको हो । भूकम्प गएको समयमा मैले गाउँमा आएर जस्ताको पाताहरु बढे,त्यो मेरो आफ्नै लगानीमा काम गरे र त्यसपछि डाक्टरहरु ल्याउने क्रममा कतिपय खर्चहरु मेरो केहि र उँहाहरुकै लगानीमा मैले त्यो समयमा डाक्टरहरु लेराएर सामाजिक काम गरे ।
भूकम्प गएको समयमा आएर हामीले त्यो समयमा खानेपानी देखि लिएर शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा गरेर हामीले त्यतिखेर लगभग धादिङ जिल्लाको विभिन्न क्षेत्रमा डेढ करोडको सहयोगहरु गरेका थियौँ । यहि शिलशिलामा मैले केहि महिना भित्रमै बुढाथुम र बसेरीलाई लक्षित गरी एउटा एम्बुलेन्स राख्ने छु । यसको लागी मेरो व्यक्तिगत लगानी र संस्थाले पनि यसको लागी मलाई सहयोग गर्ने छ ।
यो सम्मेलनले कस्तो नेतृत्व चयन गरोस् भन्ने अपेक्षा गर्नुहुन्छ ?
यो सम्मेलनले सक्षम, सबल, जुझारु, क्रियाशील र इमान्दार नेतृत्व चयन गरोस् भन्ने अपेक्षा गर्दछु र गर्नेछ भन्ने विश्वास पनि व्यक्त गरेको छु । किनकी विश्वभर रहनुभएका गैर आवासिय नेपाली समदायले आफ्नो पक्षमा र नेपाल र नेपालीको समृद्धिको पक्षमा भाग्यको फैसला गर्ने समय हो यो । मलाइ लाग्छ विदेशमा रहनुभएका नेपालीहरुले धेरै हण्डर, ठक्कर खाएर अनुभव संगालेर आत्मविश्वासका साथ मतदान गर्नुहुनेछ र नेपालललाई विश्वको सुन्दर र धनी मूलुकमा पुर्याउन दृढतापुर्व र जिम्मेवार भएर काम गर्ने नेतृत्व र उम्मेदवारहरुलाई विजयी गराउनुहुनेछ ।
