डेंगुको संक्रमण ६१ जिल्लामा : कसरी बच्ने ?

मूलखबर संवाददाता
काठमाडौं, भदौ

सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत पुगेको महाशाखाले जनाएको छ ।

केही वर्ष अघिसम्म तराई क्षेत्रमा मात्रै देखिने डेंगुको अहिले पहाड हुँदै हिमालसम्म पुगेको हो ।

महाशाखाले दिएको जानकारी अनुसार साउन १ देखि भदौ २४ गतेसम्मे सबैभन्दा धेरै डेंगुका बिरामी प्रदेश नं। ३ मा छन् । प्रदेश नं। ३ मा ३ हजार १ सय २६ जनामा डेङ्गुको संक्रमण देखिएको हो । यस्तै सबै भन्दा पहिला डेङ्गुको संक्रमण फैलिएको प्रदेश नं। १ मा भने साउनदेखि अहिलेसम्म ८ सय ३१ जना नयाँ बिरामी थपिएका छन् ।

प्रदेश नं। २ मा ३९, गण्डकी प्रदेशमा ९७२, प्रदेश नं। ५ मा ९७ ,कर्णाली प्रदेशमा ३ र सदूरपश्चिम प्रदेशमा २९ जनामा डेङ्गुको संक्रमण फैलिएको छ । अहिलेसम्म ६ जनाको मृत्यू भईसकेको छ । मृत्यू हुनेको संख्या पनि प्रदेश नं। ३ मा सबै भन्दा धेरै छ । यस प्रदेशमा ४ जना र अन्य प्रदेशमा २ जना गरी अहिले सम्म ६ जनाको निधन भएको महाशाखाले जनाएको छ ।

२०७६ साल वैशाखयताको तथ्याङकअनुसार हालसम्म ८ हजार भन्दा धेरै मानिसमा डेंगुको संक्रमण फैलिसकेको छ ।

के गर्ने ?

१ प्रसस्त आराम गर्नुपर्छ। धेरै मानिसहरु संक्रमणका बाबजुद पनि स्कुल, कार्यालय वा आफ्नो व्यवसायमा व्यस्त हुने गरेको देखिन्छ, जसले बिरामीलाई झन् कमजोर बनाउँछ।

२ प्रसस्त झोलिलो खानेकुरा खाने । कम्तीमा एक जना वयस्कले पाँच चिया गिलास भन्दा बढी पिउने जस्तैस् दूध, फलफूलको जुस, जीवनजल, सुप आदि।

३ ज्वरो आएमा सिटामोलको मात्र प्रयोग गर्ने ९२४ घन्टामा अधिकतम चार ग्रामसम्म मात्र प्रयोग गर्ने ।

४ कपडा पानीले भिजाएर टाउकोमा राखिदिएर ज्वरोलाई केही हदसम्म नियन्त्रण पनि गर्न सकिन्छ। भिजाएको कपडाले जिउ पुछिदिँदा पनि बिरामीले आराम महसुस गर्ने छ।

के नगर्ने ?

१ पानी मात्र बढी नपिउने। यसले लवणको मात्रा अनियन्त्रित हुनसक्छ।
२ फलेकसोन, ब्रुफ़ेन, एस्पिरिन जस्ता दुखाई कम गर्ने औषधिहरु प्रयोग नगर्ने।
३ एन्टिबायोटिक औषधिको प्रयोग जताभावी नगर्ने ९चिकित्सकको परामर्श बिना प्रयोग नगर्ने।

यसरी जाेगीने

यी बाहेक घरभित्र र बाहिर कतै पनि पानी जम्ने वातावरण सिर्जना गर्नुहुँदैन र यदि कारणवस सफा पानी राख्नैपर्ने अवस्था भए पानी जम्मा गर्ने भाँडा बेलाबेलामा अवलोकन गर्नुपर्छ। यदि त्यहाँ लामखुट्टेको लार्भा देखिए तुरुन्त त्यो पानी फाल्नु पर्छ।

आफ्नो घरमा मात्र नभएर टोल, सहर सबै ठाउँमा सबै एकजुट भएर लामखुट्टेको वृद्धि–विकास हुने वातावरण नै सिर्जना नहुने उपायहरु अपनाउनुपर्छ।

यसको लागि स्थानीय सरकारको मात्र सहायताको आश नगरी हामी स्वयंले यसको विरुद्ध अभियानमा अभिनुपर्छ।- स्वास्थ्यखबरबाट