एनअारएनए युकेमा शेर सुनारकाे प्यानललाई नै मत किन ?

दधिराज घिमिरे
बेलायत

२०१९-२०२१ को एनआरएनलाई हेर्दा बेलायत सबैभन्दा धेरै सदस्य संख्या भएको देश हो । यहाँको सदस्य संख्या अरु असी देशको सदस्य संख्या हुनेले पनि संसारभरी रहेका प्रवासी नेपालीहरुमा चासोको बिषय हुनु स्वभाबिक हो । बेलायत भुतपूर्व गोर्खा, उच्चशिक्षा प्राप्त गरेका, उच्च प्रबिधिका ज्ञान प्राप्त गरेका र ब्यवसायिक नेपालीहरुको बाक्लो उपस्थिति हुनुमा पनि महत्वपूर्ण पनि मानिन्छ ।

यहाँ नेपालीहरुको उपस्थिति नेपालको समाजलाई झल्को दिने भुगोल, हरेक जातजातीका समुदाय, र नेपालको राजनैतिक पार्टीका बिम्वहरु सजिलै पाउन सकिन्छ । समाजको यहि आधारमा टेकेर नै बेलायत एनआरएनए उभिएको छ ।

अव लागौ अहिलेको एनआएन चुनावको सरगर्मीतर्फ । कहिले सहमतिमा त कहिले चुनावमार्फत् एनआरएनको नेतृत्वको निर्णय हँुदै आएको बेलायत एनआरएनए यो पटक चुनावी मैदानमा उत्रेको छ । करिव चौध हजार सदस्यले ५४ सदस्यहरुलाई भोट हाल्नुपर्ने झन्झटिलो बाध्यता यहाँका भोटरहरुमा छ । एनआरएनमा प्यानल चुनावलाई मान्यता नदिए पनि बेलायतको चुनावमा दुई प्यानलको प्रत्यक्ष तस्विर देखिएको छ । सामाजिक संजाल र समचारहरुमा प्यानलको प्रचार प्रसार भई रहेको छ । यो बाध्यता हो वा आवश्यकता हो भन्ने बिषयमा बहसको बिषय बन्ला । ५४ जना सदस्यहरुलाई भोट हाल्ने झन्झट भन्दा प्यानललाई भोट हाल्न ब्यवहारिक हुन्छ भन्ने आवाज पनि बलियोसँग उठेको छ । हरेक पदमा दुई–दुई जनाको उमेदवारी पर्नुले पनि प्यानल भएको स्पष्ट देखिन्छ ।

सेर सुनार र पुनम गुरुङ्ग अध्यक्षका प्रत्यासी रहेका बेलायत एनआरनमा दुबै प्रत्यासीहरु असल र क्षमतावान भएका मानिन्छन् । असल मध्यबाट असल छान्नु पर्ने बाध्यता निर्वाचनमा हुन्छ नै । पुनम गुरुङ्ग महिला हुन् र एउटा बिशेष समुदायको प्रतिनिधित्व गर्छिन् भन्ने तर्कलाईनै यो प्यानलको मुख्य जित्ने आधार बनाएको देखिन्छ । धरातलमा गएर हेर्ने हो भने पुनम अलि परिपक्क भई नसेकेको भन्ने पनि जर्वजस्त बिचारहरु पाउन सकिन्छ ।

प्यानलको कम्पोजिसनमा ध्यान नपुगेको हो की, भन्ने बिचारहरु पनि सतहमा आएको पाइन्छ ।
उम्मेदवारी दर्ता गर्नु अगाडी ५ जना अध्यक्षको प्रत्यासीहरु थिए । तीन जना प्रत्यासीहरुलाई कन्भिन्स गरेर मिलाउन सक्नुनै सेर सुनारको बेलायतको समाजमा गएको पहिलो राम्रो सन्देश हो । साथै प्यानलमा सबै भुगोल र समुदायको प्रतिनिधित्व गराउन सक्नुनै वहाँको अर्को राम्रो सन्देश हो । बेलायतको समाजलाई बुझ्दै गर्दा निम्न बुदाँले सेर सुनारको पक्षमा पल्ला भारि हुने यहाँका मतदाताहरुको मत रहेको पाईन्छ ।

१. सेर सुनार दलित बर्गबाट जन्मेको नेतृत्व हो ।

२. बेलायत भुतपूर्व गोर्खाहरुको उपस्थिति भएको ठाँउ हो । सेर सुनार भुतपूर्व गोर्खा सैनीक हुन् ।

३. लामो समयदेखी एनआरएनका विभिन्न मुख्य पदमा रहेर काम गरेको अनुभव हुनु ।

४. सेर सुनार प्यानलमा ८ प्रयासी भुतपुर्व गोर्खा सैनिक बाट हुनु ।

५. कुसल सफल ब्यवसायी हुनु ।

६. सेर सुनार समुहमा दशजना महिलाको प्रत्यासी हुनु ।

७. सरल नम्र र अनुभवी तथा स्पष्ट बक्ता हुनु

८. बेलायतको समाजमा अत्यन्तै रुचाईनु पनि वहाँको जितलाई टेवा पुराउने कारण हो ।

९. सेर सुनारले अरु तीन अध्यक्षको प्रत्यासीलाई मिलाएर लैजान सक्नुलेनै वहाँमा समाजको एकतामा गहिरो बोध छ भन्ने सन्देश दिएको छ ।

अध्यक्ष सेर सुनार, उपाध्यक्ष प्रेम गाहा मगर, कमल पौडेल महिला उपाध्यक्ष बिमला लिम्बु महासचिव कर्मा पहाडी लगायत सपूर्ण पदहरुमा समाजको सुन्दर तस्विर देखिनु पनि एउटा राम्रो पक्षलाई यहाँको समाजले सेर सुनार एकता र समनताको पक्षधर रहेछन भन्नेमा स्पष्ट देखिन्छ । साथै गत कार्यकालमा एनआरएनमा रहेर एनआरएनको लागि आफ्नो ब्यवसायको ठाउँ कटाएर बिना शुल्क अफिसको लागि ठाउँ प्रदान गर्नुले पनि उहाँको महानताको मापन गरेको छ ।

सेर सुनारको नेतृत्वमा आगामी एनआरएन बेलायत बनेमा उहाँको प्राथमिकतामा रहेका मुख्य कामहरु भनेको बिगतमा एनआरएनले गरेका कामको निरन्तरता दिने, सदस्यहरु ब्यवस्थित र सरल ब्यवस्थापन गर्ने, एनआरएनको एउटा घर बनाउने, ‘एक पटकको नेपाली सधैको नेपाली’ का नारालाई अझ मजबुत बनाउने, प्रवासी नेपाली र नेपाल बिचको सबन्धलाई बिकास र समृद्धीसँगै जोडने जस्ता थुप्रै कार्यहरुको घोषणा गर्नुभएको छ ।

एनआएन बेलायतमा सेर सुनार बिजयको लक्ष्यलाई चुमेको हेर्न अव दुइ साता कुर्नुपर्ने हुन्छ ।