भिडियो कन्फ्रेन्स मार्फत पहिलाेपटक मन्त्रीपरिषद् बैठक : के भने प्रधानमन्त्रीले ?

मूलखबर संवाददाता
काठमाडौं

उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ ।
सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिदै स्वास्थ्य उपचार सफलता पुर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराउनुभएको थियो ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको जानकारी दिनुभयो । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुको साथै आ–आफ्नो मन्त्रालयका समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।