यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विमानस्थलमै चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ. मूलखबर संवाददाता काठमाडौं, ८ भदाै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्क नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका हुन्।. पक्राउ पर्नेमा क्युएई र हु झिङहोङलाई शनिबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो। दुवैजना टर्किस एयरबाटै स्तानबुल जान लागेका थिए। प्रहरीका अनुसार डेनमार्क नागरिकले आफ्नो सुन तथा नगद हराएको भनी प्रहरीमा खबर गरेकी थिइन्। विमानबाटै सुन र नगद चोरी भएको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले सुनको बाला दुई थान र विभिन्न देशका मुद्रासहित दुवै चिनियाँलाई पक्राउ गरेको हो।. पक्राउ परेकामाथि अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सूर्य उपाध्यायले बताए।.
विमानस्थलमै चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ
मूलखबर संवाददाता
काठमाडौं, ८ भदाै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्क नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा क्युएई र हु झिङहोङलाई शनिबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो। दुवैजना टर्किस एयरबाटै स्तानबुल जान लागेका थिए।
प्रहरीका अनुसार डेनमार्क नागरिकले आफ्नो सुन तथा नगद हराएको भनी प्रहरीमा खबर गरेकी थिइन्। विमानबाटै सुन र नगद चोरी भएको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले सुनको बाला दुई थान र विभिन्न देशका मुद्रासहित दुवै चिनियाँलाई पक्राउ गरेको हो।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सूर्य उपाध्यायले बताए।