के हाे योग ज्ञान बिज्ञान ?
-अधिवक्ता सुदर्शन जोशी (बिद्यावारिधी सोधार्थी)
योग ज्ञान बिज्ञान हो । हाम्रो जिवनमा प्रत्यक पल पलको लागी यसको आबस्यकता र महत्व छ । योगको सुचना लिनुहोस । उपयोग गरी ज्ञान पाउनुहोस । र आफ्नो जिवनमा भएको अनुभुतिलाइ दिई उपकारी हुनुहोस । योग व्यबहारीक जिवन उपयोगी बिज्ञान हो । सभ्य समाज निर्माणको लागी यसले अत्यन्त महत्वपुर्ण भुमिका खेल्ने पक्का छ ।
ब्यायामले चलायमान, सक्रियता वा गतिसँग, ध्यानले शरीर र मनको एकाग्रता सँग, प्राणयामले कोसिका कोसिकामा अक्सिजनको मात्रा पुर्याउने सँग र स्वाध्यायले आफुलाइ चिन्ने, जान्ने र बुझ्नेसँग सम्बन्ध बनाउँदछ । यमको सम्बन्ध सदाचार सँग, नियमको सम्बन्ध नैतिकतासँग र योगको सम्बन्ध अनुशासन संग छ । त्यसैले भनिन्छ आफ्नो मन, बचन र कर्मको बिधि बनाउने बिज्ञान नै योग दर्शन हो ।
“सरल तरिकाले बुझ्दा, सरल तरिकाले प्रयोग गर्दा र सरल तरिकाले नै बुझाउँदा योग ज्ञान बिज्ञानलाई सरल ब्यक्तिहरुले प्रत्यक्ष अनुभुती गर्न सक्दछन । त्यही नै योग साधक एबं योग अभियान्ताहरुको सफलता हुनेछ । ”
हामीले राजनीतिक, सामाजिक अभियन्ताहरुले ब्यक्त गरेको सुन्छौ । मुक्तिको लागी योगदान गर्ने कुरा, मुिक्तको लागी क्रान्ति गर्ने कुरा, यसैसँग सम्बन्धित छ योग । मुक्ति तब पाइन्छ जब हामीले काम, क्रोध, लोभ, मोह अहंकारको बली दिन्छौ । योगले जीवन मुक्तिमार्गमा अगाडि बढ्नुपर्छ भनी सिकाउँछ । योगको अर्थ जोडिनु हो । खराब छोडी असलसँग, नराम्रो छोडी राम्रोसँग, हिंसा छोडी अहिंसासँग जोडिनु । सम्पुर्ण खराब पक्षहरु त्यागी अहिंसा, सत्य, इमान्दारिता, निस्वार्थता प्राप्त गरी सेवा, परोपकार, बलिदान गरी स्वस्थ, प्रफुलित र आनन्दित हुदै मानवीयताको देश बनाउने काम योगले गर्दछ । त्यसैले गरौ योग, रहौ निरोग ।
ध्यानलाई सजिलोसँग बुझ्न जरुरी छ । ध्यान भनेको शरिर र मनलाई एकै ठाउँमा राख्ने बिधि हो । हामी एक ठाउँमा बसीराखेका हुन्छौ हाम्रो मन कताकता उडीराखेको हुन्छ । त्यो उँडेको मनलाइ हाम्रो शरिर जहाँ छ वा हामी जे गरिरहेका छौ त्यहीँ राख्नुपर्दछ । त्यसैले अग्रजहरुले भन्नुहुन्छ ध्यान दिएर गरेको कामले सफलता पाउँदछ । बिचलित नभइ एकाग्रता पैदा गर्ने बिधि नै ध्यान हो ।
प्राणयाम भनेको प्राण वा अक्सिजन नाकमा रहेका नासिका वा प्वालको माध्यमबाट लिइ हाम्रो शरिरको कोशिका कोशिकासम्म पुर्याइ शरिरलाइ ताजा राखी रक्तसंचारलाई समेत उचित बनाउने बिधि हो ।
ब्यायामले शरिरमा रहेका शरिरलाइ काम नलाग्ने बिकार तत्वलाइ पसिना बनाएर बाहिर निकाल्दछ । जसको कारण मानिस मानसिक, शारिरिक र मनोबैज्ञानिक रुपमा नै स्वस्थ रहन्छ ।
आजको यो घोप्टे युगमा सबै मोबाइल चलाएर घोप्टी रहेका हुन्छन । हामीले नकारात्मक पत्रपत्रिका पढेर, गलत संगत गरेर, जङ्क खानपिनले कुविचार बनाइरहेका हुन्छौ । नराम्रो घटनाहरु भइराखेको हुन्छ । अर्काको कुरा काटेर दिन बिताउँछौ । अरुलाई दोषी बनाइरहेका हुन्छौ । यस्ता बिषयबाट टाढा रही सकारात्मक बन्नको लागि स्वाध्यायको आबस्यकता पर्दछ । स्वाध्याय भनेको आफुले गरेका कुरा, काम, ब्यबहार ठिक छ कि छैन भनेर हेर्ने कला हो । हाफु ठिक छु कि छैन भनि चिन्तन गर्नाले आफुलाइ चिनाउँदछ, बुझाउँदछ । आमीले अरुलाइ चोर भनि देखाउदा १ औलाले उतिर र बाँकीले आफैतिर देखाउँदछन । त्यसैले लक्ष्यमा पुग्न आफैलाइ हेर्ने बुझ्ने कला स्वाध्याय गर्न जरुरी छ ।
म प्रत्यक पललाई नयाँ बनाउदै सजकता र सक्रियताका साथ कत्ति हतास नभइ सुखीप्रति मैत्री, दुखीप्रति सेवा, सज्जनहरुसँग मिलन, दुजनको लागी क्रान्ति, जिवन सदा खुशी रहँदै आहार, बिहार र आचारमा रहने साधक बन्ने प्रण गर्दछु ।
योग तथा आयुर्वेदलाई कठिन रुपमा नबुझी आफ्नो परिस्थिति अनुकुल खोज अनुसन्धान गरी शरिर, रहनसहन, समाज, संस्कृति संग मिल्दै यसको प्रयागात्मक प्रबर्धन गर्दै शरिर र मनलाइ सदा सर्वदा स्वस्थ, शान्त, सुदृढ राख्दै सैद्दान्तिक र ब्यवहारिक पक्षबाट अनुसरण, उच्चारण र मनन गरौँ ।
अन्तमा, योग संस्कृत (युज) धातुबाट बनेको हो । यसको अर्थ हुन्छ जोड्नु । निरोगितासँग जोडीनु । असल विचारसँग जोडीनु । बिभेद हटाइ समतासँग जोडीनु । हामीले योगलाइ कुनै धर्मविशेष, सम्प्रदायविशेष, कुनै संस्कृतिको मात्रै पेवा हो भनेर बूझ्यौँ भने त्यो गलत हून्छ । त्यसैले योग प्रत्येकको जिबनसँग, मानबियतासँग, सर्बोत्कृष्टतासँग, नैतिकवान नागरिक निर्माणसँग, स्वास्थसँग र सामाजिक न्यायसँग सम्बन्धित छ भनेर बुझाैँ । यसले असमानता, भष्ट्राचार, बेरोजगारी एवं बिभेदको अन्त्य गरी समतामुलक स्वर्गिय समाज निर्माणमा मार्गदर्शन गर्दछ ।
(लेखक पातन्जल योग समिति नेपालको केन्द्रिय सल्लाहाकार हुनुहुन्छ । )