नेपाल अाईडल र बुगिवुगिका कलाकारले नचाए कतारमा नेपाली
दाेहा, २४ जेठ –
नेपालमा गित र नाचमार्फत दर्शक र श्राेताकाे मन जित्न सफल नेपाल अाइडल र बुगिवुगिका कलाकारहरूले कतनरकाे राजधानी दाेहामा पनि नेपालीलाई भरपुर मनाेरञ्जन दिलाएका छन् ।
कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरमा विहिबार साँझ भएको ‘नेपाल आइडल, बुगीवुगी ईद फेस्टिवल’ को कार्यक्रममा उनीहरूले अाफ्नाे प्रस्तुति दिएका थिए ।
नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु, नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिएका थिए । कलाकारकाे प्रस्तुतिमा दर्शकहरू र नेपाली युवायुवतिहरू धित मरिञ्जेल नाचेर मनाेरञ्जन लिएका थिए ।
यसैगरी नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु बिजेता कविता नेपाली, दोस्रो स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी थिए ।
कार्यक्रम आयोजक प्रमुख तथा (एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले नेतृत्व गर्नुभएको कार्यक्रमको संयाेजन मनाेज गाेर्खालीले गर्नुभएको थियाे । कार्यक्रममा गैर अावासिय नेपाली संघका सल्लाहकार सागर नेपालले स्वागत गर्नुभएको थियाे भने प्रमुख अतिथि कतारका कार्यबाहक राजदुत लक्ष्मण खनाल रहनुभएकाे थियाे कार्यक्रम शोभा त्रिपाठी र बिबेक खतिवडाले संचालन गर्ने गर्नुुुुुुुभएकाे थियाे ।
यस्तै कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे लगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहेकाे थियाे । कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको थियाे । उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमा समेत सहयोग पुग्ने आयोजक गुरुङले बताउनुभयाे ।