कस्तो छ नेपालको आर्थिक अवस्था ? पुँजीगत खर्च भन्दा साधारण खर्च झण्डै तेब्बर
काठमाडौं, २० जेठ ।
नेपालको आर्थिक वर्ष २०७६÷७७ को बजेट भर्खरै संसदमा प्रस्तुत भएको छ ।
आ।ब। २०७६र२०७७ को बजेट अध्ययन गर्दा साधारण (चालु) खर्च र अपेक्षीत राजश्व संकलन बीच जम्मा २४ अर्ब फरक देखिन्छ ।
अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा रहेको राजश्व लक्ष्य १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ भने चालु खर्च ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रहेको छ । यद्यपी वित्तीय व्यवस्था १ खर्ब ६७ अर्ब ५ करोड ९ लाख पनि साधारण खर्चकै रपमा लिनुपर्ने अनिवार्य दायीत्व हो ।
राजश्व ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाखलाई पूर्ण कार्यान्वयनमा लैजान सकेको खण्डमा साधारण खर्चमात्रै व्यहोर्न सुकिने देखिन्छ भने अन्य वित्तिय दायीत्व ब्यहोर्नको लागि राजश्वले धान्ने अवस्था देखिन्न ।
यदि लक्षीत राजश्व उठ्न सकेन भने के होला ? हामीसँग लक्षीत राजश्व संकलन हुन नसकेका थुपै नजीर छन् ।
बजेट सारांश-
१। कुल बजेट – १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
२। चालु खर्च – ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख
३। पुँजीगत – ४ खर्ब ८ अर्ब ५९ लाख
४। वित्तीय व्यवस्था – १ खर्ब ६७ अर्ब ५ करोड ९ लाख
५। राजश्व – ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख
६। बैदेशिक अनुदान – ५७ अर्ब ९९ करोड ५५ लाख
७। बैदेशिक ऋण– २ खर्ब ९८ अर्ब ३३ करोड
८। आन्तरिक ऋण – १ खर्ब ९५ अर्ब