ओली सरकार गिराउने दिल्लीको योजना
काठमाडौं,१७ जेठ ।
कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरेर ओली सरकार गिराउने दाउ तुहिएपछि तिल्मिलाएको भारत यो कार्ड उपयोगहिन भएसँगै के सोच्दै होला ?
नेपालमा अनेक दाउपेच रचेर अस्थिरता निम्त्याउँदै आएको भारत के अब चाहिँ थाकेकै हो त ? नेपाल मामलामा भारतको आगामी कदमबारे अनेक आशंका र प्रश्नहरु उब्जिरहेको बेला नयाँदिल्लीले गुप्त रुपमा काठमाडौंमा विशेषदूत पठाएर राजनीतिक चलखेल सुरु गरेको दावी स्रोतले गरेको छ ।
स्रोतका अनुसार, भारतको विगतको दबदबा चिर्न चिनियाँ पक्ष नेपालको हरेक मामलामा हावी हुन थालेपछि झस्किएको भारतले जसरी भएपनि ओली सरकार गिराउनु पर्ने निष्कर्ष निकाल्दै केही विशेष दूतहरुलाई यसको जिम्मा दिएर नेपाल पठाएको चर्चा एकथरीले गरेका छन् ।
‘अर्कोथरी स्रोत भन्छ– पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँदिल्ली दौड र राजतन्त्र पुर्नस्थापनाको खेल सुरु भएको राजनीतिक हल्ला चलेपछि दलहरुलाई सचेत गराउँदै राजतन्त्र पुर्नस्थापनाको खेललाई तुहाउने विशेष मिसन बोकेर आलोक जोशीको विशेष टिम काठमाडौं आएको बताउँछन् ।’
नयाँ योजना अनुसार ओली सरकारलाई २ महिनाभित्र गिराउने म्याण्डेड लिएर आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत हुन् –नेपालका लागि भरतीय पूर्वराजदूत राकेश सुद । राकेश सुद केही दिन काठमाडौंमा मन्त्रणा गरेर दिल्ली उडे लगत्तै भारतीय खुफिया एजेन्सी रअ का पूर्व प्रमुख सहितको विशेष टिम २०७३ जेठ ६ गते काठमाडौं उत्तिएर व्यापक गृहकार्यमा जुटेको बुझिएको छ ।
श्रोतका अनुसार , जेठ ६ गते विहीबार जेट एयरको विमानबाट साँझपख भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिसका पूर्वप्रमुख आलोक जोशी , जो नेपाल मामिलाका कुशल खेलाडीका रुपमा चिनिन्छन् र जोशीकै सहयोगी मिस्टर डी. धारिवाल काठमाडौं आएर आजभोलि सक्रियता बढाइरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।