संसदमा अर्थमन्त्रीको बजेट भाषण जारी

काठमाडौं, १५ जेठ ।

 

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले संसदमा आर्थिक बर्ष २०७३/०७४ को लागि बजेट प्रस्तुत गरिरहेका छन् | संसदको जारी बैठकमा अर्थमन्त्री पौडेलले अबको आर्थिक लक्ष्य समाजवादतर्फ उन्मुख भएको बताएका छन् ।

संघीयताको कार्यान्वयनका लागि आवश्यक बजेट बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् । भूकम्पीडितलाई सरल तरिकाले अनुदान वितरण गरिनेछ ।

भूकम्पपछिको पुर्निर्माणका लागि १ खर्ब ४० अर्ब रकम छुट्टयाइएको, सामुहिक जमानीमा ३ लाख ऋण उपलब्ध गराइने, कांग्रेसको पालमा ल्याइएको गणेशमान शान्ति अभियानका लागि रकम विनियोजन, उर्जा संकट निवारणका लागि बजेटको व्यवस्था गरिएको छ ।

जलविद्युत क्षमता यकिन गर्न सर्वेक्षण गर्नेदेखि प्रसारण लाइन निर्माण गर्ने योजना  सार्बजनिक गरिएको छ । जलविद्युत आयोजनाहरुका लागि घरघरमा विलुजी, जनजनमा शेयर जसमा ५१ सरकारको र नेपाली र गैरआवासीयको ४९ प्रतिशत लगानी रहने, बुढिगण्डकीको निर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने ।

पेट्रोलियम पर्दार्थमा रु ५ पूर्वाधर कर लाग्यो । यसले अब मूल्य बढ्ने भो । यसरी आउने रकम बुढी गण्डकीमा खर्च गर्ने । ५ अर्ब ३३ करोड बजेट, तनहुा सेती, पश्चिम सेती, तामोकसी तेस्रो र तलो अरुणलाई अगाडि बढाइने उल्लेख गरिएको छ । मेरो धरहरा मै बनाउंछु भन्ने अभियानमा सहभागी हुन अपील गरिएको छ ।