ओली विरुद्ध माधव नेपालले भने ‘अब चुप लागेर बसिन्न, विष्फोट हुन्छ’

काठमाडौं, १५ जेठ ।
एमाले वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफूहरु अब चुप लागेर नवस्ने चेतावनी दिएका छन् । ‘अब अति भयो चुप लागेर बसीन्न विष्फोट हुन्छ ‘। एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमनत्री समेत रहेका नेपालले हिमालय टेलिभिजनमा प्रसारण हुने यक्ष प्रश्न नामक कार्यक्रममा अन्तरवार्ता दिंदै नेपालले मदन भण्डारीको हत्याबारे छानवन गर्न एमाले अध्यक्ष ओली र राष्टपति विद्या भण्डारीले चासो नदेखाएको आरोप समेत लगाएका छन् । उनले ओलीले साँस्कृतिक विचलनमा लिप्त, जड्याहा र गुण्डाहरुलाई विश्वास गरी पार्टी ध्वस्त पारेको बताएका छन् ।
नेपालले राजदूत नियुक्त लगायत सबै नियुक्ती प्रधानमन्त्रीले एक लौटी गरेको दाबी गरेका छन् । ‘कुनैपनि चिजलाई सहने धैर्यताको सिमा हुन्छ । अहिले म किन बोलेँ’ जब कुनै चिज विस्पोठ कहिले हुन्छ,’ उनले भने, ‘तब अति हुन्छ । ज्वालामुखी जव विष्पोठको विन्दुमा पुग्छ ।’
उनले कर्णाली आयोग लगायत सबै सरकारी नियुक्तमा ओलीले मनपरी गरेको समेत आरोप लगाएका छन् ।
‘अहिले कर्णाली आयोग गठन गर्‍यो मनपरि छ । सदस्यतामा मनपरि बाँढिएको छ । पार्टी सदस्यता भित्र गोलमाल छ, गुटले कब्जा गरेर बसेको छ,’ उनले भने, ‘महाधिबेशन सदस्यको विवरण लुकाएको छ । त्यो विवरण दिनुपर्‍यो । कसैलाइ शंका छ भने हेर्नु पर्‍यो । तर भनिन्छ, म हेर्न दिन्न। वा।
उनले अब सहेर नबस्ने समेत चेतावनी दिएका छन् । ‘अब सहेर बस्ने वा चुप लागेर बस्ने स्थिति छैन । पार्टी भित्र सांस्कृतिक आन्दोलन चलाउनु पर्नेछ । बलात्कारीको गाडी चढेर हिड्नुहुन्छ । भ्रष्टाचारीको गाडी चडेर तपाईं हिँड्नुहुन्छ,’ ओली पक्षका नेतालाई लक्षित गर्दै उनले भने, ‘आफ्नो पक्षको छ भने हजार अपराध गरेपनि त्यो माफ, आफ्नो विपक्षको छ भने अलिकति गल्ति गरेको भएपनि आकाश पातल जोड्दिने ?’
नेपालले कार्यशैली र आचरणको समेत कुरा उठाएका छन् । ‘चौविस घण्टा जाँड रक्सिमा चुर्लुम्म डुवेका छन् विहान ६ बज्न पाको छैन घाँटीमा घ्याम्पो चढाएको छ । साँझमा कुरै छोड्नुस् २४ घण्टा त्यही काममा लागेको छ । तिनैलाई प्रोत्साहन दिइएको छ ।’ नेपालले एमालेको नेतृत्वमा ओली भइरहेमा एमालेको पतन निश्चित भएको समेत बताएका छन् ।