महेन्द्र पुलिस क्लबमा सेन दाईसंगको त्यो अन्तिम क्षण
संगिता खड्का ।
जनताका पक्षमा कलम चलाए बापत तत्कालिन राज्यले हाम्रा सामुबाट एक अग्रज योद्धा कृष्ण सेन इच्छुकलाई चुडेर लगेको पनि १४ बर्ष लागिसकेको छ । आर्दश जिवन बाचेर अरुलाई पनि आदर्शको पाठ सिकाउने सेन दाई आज हाम्रा सामु भौतिक रुपमा नभएपनि उहाले सिंगो जिवन राष्ट्रको लागि बलिदान दिएर आफुलाई सबैभन्दा उच्चकोटीमा राखिसक्नु भएको छ ।
ती यातना शिविरका चिच्याहटहरु अझै पनि स्मृतिबाट विलिन हुन सकेका छैनन् तर समयले धेरै नेटो काटीसकेछ । जनताका पक्षमा कलम चलाए बापत तत्कालिन राज्यले हाम्रा सामुबाट एक अग्रज योद्धा कृष्ण सेन इच्छुकलाई चुडेर लगेको पनि १४ बर्ष लागिसकेको छ । आर्दश जिवन बाचेर अरुलाई पनि आदर्शको पाठ सिकाउने सेन दाई आज हाम्रा सामु भौतिक रुपमा नभएपनि उहाले सिंगो जिवन राष्ट्रको लागि बलिदान दिएर आफुलाई सबैभन्दा उच्चकोटीमा राखिसक्नु भएको छ ।
उहाले लेख्नुभएको कविताको सतिसाल रुख झै उहाले यातनाका हर आधिबेहरीको सामना गर्दै आफूलाई सतिसाल सावित गर्नुभएको छ । कहिल्यै झुक्दै नझुक्ने सतिसाल बनेर आफनो जिवन त्याग गर्नुभयो तर उहा दुश्मनका सामु एक रत्ति पनि डगमगाउनु भएन । ति क्षणहरु सम्झदा अहिले हामी आफैलाई अचम्म लाग्छ । आदर्शका लागि हामीले सबैकुरा गुमाउन तयार भयौ तर आफनो स्वाभिमानलाई झुक्न कदापि दिएनौ । त्यस्को लागि सेन दाईले यातना शिविरमा देखाउनुभएको अठोट हाम्रा लागि आर्दश र प्रेरणाको स्रोत बन्न पुग्यो । हाम्रा सामु दुवै विकल्प खुल्ला थिए एकातिर सेन दाईले जस्तै आर्दशको बाटो पछ्याउने र अर्कोतिर आत्मसर्मणको बाटो थियो जसमा केही गद्धारहरु थिए ।
सेन दाई संगसंगै हामीले पनि यातनाका हर श्रृखला खप्न तयार भयौ । यातना शिविर बनेको थियो महेन्द्र पुलिस क्लव । मलाई पनि एक जना मित्रको रुपमा रहेका गद्धारका कारण प्रहरीले गिरफतार गर्न सफल भएका थिए । संभवत संसार देख्नु यत्तिकै होला भन्ने सोच्दै थिए । प्रहरीको भ्यान महेन्द्र पुलिस क्लव भित्र गएर रोकिए लगत्तै आँखामा पट्टि बाँधिहाले र हल भित्रको एउटा कुनामा यातनाका लागि प्रतिक्षालयमा राखिएको थियो । आवाजले चिनिएकोले अरुहरु पनि त्यहाँ रहेको आभास भइरहेको थियो । आँखामा बाँधिएको पट्टीको छिद्रबाट त्यहाको दृष्य नियाल्न खोज्दा एक जना अग्लो र गोरो ब्यक्ति पनि एउटा कुनामा थिए । उनको आँखामा पनि पट्टी बाधिएको थियो ।
अन्तत वहाँसंगको संवाद नै त्यो अन्तिम बन्न पुग्यो । बेलुकी आठ बजेदेखी यातनाका श्रृखलाहरु शुरु भएको थियो । करिब बिहानको ५ बजेसम्म पनि निरन्तर चलिरहयो । यातनाका क्रममा कहिले कोदो चुटे जस्तो त कहिले लठीले शरिरमा सुम्ला बसाउदै रातभर पिट्दा पिट्दा हाम्रो शरिर मुडो जस्तो भैसकेको थियो । अझ सेन दाईलाई बर्बरतापूर्वक यातना दिइएको थियो ।
प्रहरीले बयान लिन शुरु गर्ने क्रममा जब सेन दाईको नाम लियो तब दाई पनि गिरफ्तार भएको थाहा भयो । केही गद्धारहरुका कारण लहरो तान्दा पहरो तान्न सकेकोमा प्रहरीहरु खुशिले गदगद थिए । यहि बिचमा प्रहरी नभएको बेलामा दाइ र म विच पनि केही संवाद हुन पायो । अन्तत वहाँसंगको संवाद नै त्यो अन्तिम बन्न पुग्यो । बेलुकी आठ बजेदेखी यातनाका श्रृखलाहरु शुरु भएको थियो । करिब बिहानको ५ बजेसम्म पनि निरन्तर चलिरहयो । यातनाका क्रममा कहिले कोदो चुटे जस्तो त कहिले लठीले शरिरमा सुम्ला बसाउदै रातभर पिट्दा पिट्दा हाम्रो शरिर मुडो जस्तो भैसकेको थियो । अझ सेन दाईलाई बर्बरतापूर्वक यातना दिइएको थियो । यातनाको क्रम दोस्रो दिन पनि जारी रहेको थियो । दोस्रो दिनको पिटाई सेन दाईमा केन्द्रित थियो । त्यति बेलासम्ममा सेन दाईको अबस्था नाजुक भैसकेको थियो । जेठ सात गते दिउसो ३ बजेतिर सेन दाईलाई प्रहरीका एक अफिसरले ल अब मर्न हिड भन्यो र सेन दाईले जवाफमा हलचल गर्न नसक्ने बताउदै तान्नुस् न त भन्नुभएपछि प्रहरी अधिकारीले आश्चर्य मान्दै भन्यो मर्न हिड् भन्दा पनि तान्नुस भन्ने कत्ति मुर्ख होला भन्दै फर्केर गयो । एकैछिन पछि उहाँलाई गाडिमा लिएर गए । कहा लगेको होला भन्दै मनमा सोच्दा सोच्दै पुन त्यहि लिएर आए । पछि थाहा भयो, उहाको स्थिती नाजुक भएको कारण हस्पिटल पुयाएर ल्याएका रहेछन् । बेलुकी नौ बजेतिर सेन दाई र म बाहेक अरुलाई प्रहरीले भ्यानमा हालेर गयो । करिब राति दुई बजेतिर मलाई पनि भ्यानमा हालेर लग्यो । मार्न लाने त होला नि भन्ने सहज अनुमान मैले गरे ।
सेन दाईसंग महेन्द्ध पुलिस क्लवमा भएको भेट नै उहासंगको अन्तिम भेट बन्न पुग्यो । भौतिक रुपमा सेन दाई हाम्रा सामु नभएपनि उहाको आदर्श आज हाम्रा लागि प्रेरणापुञ्ज बनेको छ । सिद्धान्तको रटान सबैले लगाउछन् तर त्यो मात्रै असली क्रान्तिकारी हो जो जस्तो सुकै आँधिबेहरीमा पनि सतिसाल जस्तै अडिग रहन सक्छ ।
तर तिनकुने स्थित प्रहरी कार्यालयमा मलाई ल्याएको रहेछ । मलाई महेन्द्र पुलिसक्लव बाट हिडाउने बेलासम्म पनि सेन दाई त्यहि हुनुहुन्थ्यो । तर छुटेको एक साता वित्न नपाउदै हत्या भएको खबर जनआस्था पत्रिका मार्फत सुन्दा हामी छाँगाबाट खसे झै भयौ । सेन दाईसंग महेन्द्ध पुलिस क्लवमा भएको भेट नै उहासंगको अन्तिम भेट बन्न पुग्यो । भौतिक रुपमा सेन दाई हाम्रा सामु नभएपनि उहाको आदर्श आज हाम्रा लागि प्रेरणापुञ्ज बनेको छ । सिद्धान्तको रटान सबैले लगाउछन् तर त्यो मात्रै असली क्रान्तिकारी हो जो जस्तो सुकै आँधिबेहरीमा पनि सतिसाल जस्तै अडिग रहन सक्छ ।
आदरणिय सेनदाईले आदर्शको लडाईमा आफुलाई निक्कै उचाईमा पुयाउनुभयो । उहाँ लगाएत हजारौ सहिदले देखेका सपना अझै पनि अधुरै छन् । यतिबेला सेन दाईलाई साचो अर्थमा सम्मान गर्नु भनेको उहा लगायत हजारौ सहिदहरुले देखेको सपनालाई पुरा गर्न सबै प्रतिबद्ध हुनु हो । सेन दाईको १४औ स्मृति दिवशका अबसरमा उहाँप्रति हार्दिक श्रद्धान्जली ।