सेन स्मृति दिवस देशैभर मनाइयो, सेन सम्पूर्ण पत्रकारहरुकै अग्रज- डा. विष्ट
काठमाडौं, १३ जेठ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको स्मृतिमा देशभर कार्यक्रमहरु गरिएका छन् ।
जेठ १३ गते पत्रकार तथा साहित्यकार महान् शहिद कृष्ण सेन इच्छुकको १४ औं स्मृति दिवसका अवसरमा उनको हत्याराहरुमाथी कार्वाहीको माग तिब्र भएको छ ।
जनयुद्ध उत्कर्षमा पुगेको बेलामा महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, डिआइजी बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर सेनको हत्या गरेका थिए ।
सेन हत्याको १४ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सेन सम्पूण पत्रकारका अग्र भएकाले महासंघले सेनको नाममा उच्चस्तरिय पुरस्कार राष्ट्रिय स्थापना गरिएको बताए ।
सेन स्मृति पत्रकारिता पुरस्कार सेनको स्मृतिमा सरकारले कृष्णसेन स्मृति प्रतिष्ठान गठन गरेको छ । त्यसैगरी क्रान्तिकारी पत्रकार संघ नेपालले केन्द्रदेखि जिल्ला तहसम्म सेन स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेर हरेक बर्ष क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
संघले पत्रकार निमबहादर बुढाथोकीलाई सम्मान गरेको छ । शान्तिवाटिकाबाट शुरु भएको प्रभातफेरी भृकुटिमण्डपमा पुगी कोणसभामा परिणत भएको थियो ।