तीन दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने बिद्यार्थी संगठनको सरकारलाई चेतावनी

काठमाडौं,१२ जेठ ।
student
संयुक्त विद्यार्थी संगठनले सरकारको अनुगमन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।
संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले निजी विद्यालयले मनपरी शुल्क लिने विद्यालयलाई सरकारले कारवाही नगरेको भन्दै आजै त्यस सम्बन्धमा शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएको तीन दिनभित्र सरकारले माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने अखिल क्रान्तिकारीका सचिब एवं प्रबक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सरकार र विद्यार्थी संगठनबीच बढी शुल्क लिने विद्यालयको अनुगमन गर्ने र बढी शुल्क लिएको पाइए कारवाही गर्ने सहमति भएको थियो।

सो सहमति अनुसार सरकारले अनुगमन गरेको तर त्यसको विवरण सार्वजनिक नगरेको भन्दै विवरण सार्वजनिक गर्न विद्यार्थी संगठनले दबाब दिँदै आएका छन्। विद्यार्थी संगठनहरुले निजी विद्यालयले व्यापक अनियमितता गरेको ठहर गरेका छन् । उनीहरुका अनुसार कक्षा १ मा एक महिनाको ३० हजार लिने विद्यालय पनि भेटिएका छन् । बिद्यार्थी संगठनले  आजै पत्रकार सम्मेलन गरी शिक्षा मन्त्रालयको संयोजनमा अनुगमन गर्दा १८ वटा बुँदा कार्र्यन्वयन नगरिएको विज्ञप्ती समेत  सार्बजनिक  गरेका छन् ।

प्रेश विज्ञप्ती
13256511_1457978727561522_7117892235115160361_n
13230087_1457978747561520_3811914099685159312_n