प्रधानमन्त्रीले बोलाएको वैठकमा मधेशी मोर्चा गएन

काठमाडौ,११ जेठ ।

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय बैठकमा मधेसी मोर्चा अनुपस्थित भएको छ।प्रधानमन्त्री ओलीले बोलाएको त्रिपक्षीय बैठकमा मधेसी मोर्चा अनुपस्थित भएको होे। प्रधानमन्त्रीले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन सोमबार साँझ औपचारिक पत्र पठाएका थिए।

पत्रमा प्रधानमन्त्रीले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सरकार तयार रहेको जनाएका थिए। मोर्चालाई पत्र पठाएसँगै प्रधानमन्त्रीले मंगलबार विहान साढे दश बजे त्रिपक्षीय बैठक बोलाएका थिए। प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच त्रिपक्षीय बैठक बोलाएका हुन्।

तर मोर्चाले भने प्रधानमन्त्रीले पठाएको पत्रका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अध्ययन नगरेको भन्दै बैठकमा सहभागी नहुने जनाएको छ।

प्रधानमन्त्रीको पत्रको व्यहोराका विषयमा मोर्चामा छलफल नभएका कारण मोर्चा सहभागी नभएको मधेशी नेताहरुले बताएका छन् ।