म के भँए कामरेड ?

shailendra ghimire

तिम्रो रिस मुनि परे जस्तै
मैले अाँखा उभ्याएर हेरे
अग्लाे पर्खाल ,केही रेखाहरु र केही टुक्राहरु !
इतिहासले साेध्ने बित्तिकै
शर्माएर बाङ्गीनु पर्ने मेराे हालत
त्यसकारण ,नसकेर खप्न
अागाेमाथि नसकेर बस्न
गाेता खाँए खाडी धाँए
फनफनी टाउको घुम्छ
कामरेड मैले भाँङ खाँए कि बाैलाए !!!

छुल्ल रगत हुत्तिदाँ ज्यानबाट
गलिन /कत्ति गलिन
अागाे पिए /गाेलि लिए तर अहँ ढलिन ,
तिमीलाई शिखरमा पुर्‍याएपछि
खुशी का दिन अाउछन कि भनेकाे
वरिपरिकाले खुशी ढिप्किनै दिएनन् !
त्यसकारण बरालिए/ फरालिए खाडीतिर,
अाजकल अागाे जस्तो म
हउँ बनेर अागाे ताप्दैछु
खै , अाफैले मेट्न नसक्ने
याे कस्तो अचम्मको मेलाे लाए
श्रदेय कामरेड
म स्खलित भँए कि बाैलाए??!!!

हाे म हुरि छाेप्न निस्केको
रात थुन्न र दिन बुन्न,
अंह दिन बनेन,
बरू तिमिले खिचेको रेखाले म अधकल्चाे बने,
हाे मैले हुरी पछारे,
हुरि जितेर हुरिसंगै हारें
तिमी मसंगै नभएजस्ताे भानभएपछि
हाे पर्खाल लाँए र अँधिया खाँए
अं ,कित्ता कित्तामा छु म
अलग भित्ता भित्तामा छु म
अाज तिमी मलाई हेर्दैनाैं
उल्टाे तिमीलाई म टेर्दिन
हिजाे भराेशाले वाच्थे
अाज तमाशाले बाँच्छु
थुक्क म…
तिमी छाै भनेको
छंदाछंदै त टुहुराे पाँए
साच्चिकै मलाई के भएकाे कामरेड
म स्खलित भए कि बाैंलाए ??!!

अाज तिमिमा अलिक चमक देखेपछि
म हाेशमा फर्किएको छु
पर्खाल भत्काउला भनेर
दुरि घटाउला भनेर
घेरा ताेडाैला र मन जाेडाैला भनेर
त्यसकारण ज्यान फाल्न हुत्तिएर अाएकाे
र फिराद पत्र विसाएकाे
फेरि रनमा नपार्नु
र शिखरबाट पत्थर नझार्नु

भजनमा नरमाउनु र उनैलाई नसमाउनु

यत्ति हाेस / बाँकि जितिन्छ
मान्छाै कि मान्दैनौं
फेरि पुरानै मितेरी लाए,
र संगै मर्ने कसम खाए,
प्रिय् कमरेड ,
म ठिक ठहरिए कि बाैलाए ????!!!

====शैलेन्द्र घिमिरे ======