माओवादी जनसभा मौसमविद्ले तोक्ने !
काठमाडौं, १० जेठ ।
नेकपा माओवादी केन्द्रले असार ४ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । माओवादी केन्द्रको प्रथम वैठकले असार ४ गते एकताको सन्देश दिने गरि विशाल सभा गर्ने निर्णय गरेको हो । मौसमबिद्संग सल्लाहा गरेर असार ४ वा त्यसको अघिपछि जनसभा गर्ने माओवादी केन्द्रको निर्णय छ । लामोसमयदेखी जनसभा नगरेको माओवादीले जेठ ६ गते १० माओवादी पार्टीबीच एकता गरेपछि काठमाडौंमा जनसभा गर्न लागेको हो । जेठ ७ गते विप्लव माओवादीले राजधानीमा जनसभा गर्नुबाहेक लामोसमयदेखी माओवादीले जनसभा गर्न छोडेको थियो । आगामी जेठ ३० मा भने डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँशक्तिले काठमाडौंमा बिशाल सभा गर्दैछ ।
प्रचण्डको नेतृत्वमा कार्यालय टिम
१० वटा माओवादी घटकहरुबीच जेठ ६ गते एकता भएपछि नेकपा माओवादी केन्द्रको प्रथम वैठक जेठ ९ गतेदेखी काठमाडौंको बत्तिस पुतलीस्थित एक पार्टी प्यालेशमा बसेको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ९ जनाको कार्यालय टिम निर्माण गरेको छ । कार्यालय टिममा अध्यक्ष प्रचण्ड सहित नारायणकाजी श्रेष्ठ , रामबहादुर थापा बादल ,कृष्णबहादुर महरा ,देव गुरुङ,मातृका यादव,तिलक परियार ,मणी थापा र जयपुरी घर्तीलाई चयन गरिएको छ ।
सचिवालय र पोलीटव्यूरो
बैठकले ४९ देखी ५१ जनाको सचिवालय र १ सय ५१ सदस्यीय पोलीटव्यूरो निर्माण गर्ने निर्णय गरेको छ । यो एकहप्ताभित्र कार्यालय टिम बसेर निर्णय गर्नेछ । पछि केन्द्रिय समितिमा अनुमोदन गरिने माओवादी केन्द्रको निर्णय छ ।
प्रवक्तामा पम्फा भुसाल
नेकपा माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुसाललाई तोकिएको छ । पम्फा भुसाल बैद्य नेतृत्वको माओवादीमा पनि प्रवक्ता थिईन । तत्कालीन एकिकृत माओवादीका प्रबक्ता दिनानाथ शर्मालाई प्रकाशन बिभागमा जिम्मा दिएको छ ।
बर्षमान पुनको नेतृत्वमा कार्यदल
बैठकले बर्षमान पुन अनन्तको नेतृत्वमा संगठनात्मक कार्यबिधि तयार गर्न १३ सदस्यीय उच्च स्तरीय कार्यदल गठन गरेको छ । अन्य सदस्यमा जनार्दन शर्मा ,प्रभु शाह ,उर्मिला अर्याल,हितमान शाक्य ,खगराज भट्ट,मौसम ,देवसरण,बसन्त घर्ती, पम्फा भुसाल र कुल बहादुर केसी लगायत रहेका छन् ।
प्रदेशस्तरीय भेला
नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरको छ । जेठ २० गते ३ नम्बर प्रदेशको भेला हुने भएको छ । त्यस्तै जेठ २२ गते बर्दिबासमा २ नम्बर प्रदेश, २४ गते पोखरामा ४ नम्बर प्रदेश ,२६ गते दाङमा ५ नम्बर प्रदेश,२८ गते सुर्खेतमा ६ नम्बर प्रदेश, असार ८ गते इटहरीमा १ नम्बर प्रदेशको भेला आयोजना गरिने भएको छ । असार ११ गते कैलालीको अत्तरीयामा ७ नम्बर प्रदेशको भेला आयोजना गर्ने कार्यक्रम माओवादी केन्द्रको छ ।
प्र्रदेश स्तरीय भेला गर्न बिभिन्न नेतालाई जिम्मा
नेकपा माओवादी केन्द्रले प्रदेश स्तरीय भेला गर्न बिभिन्न नेताहरुलाई मुख्य जिम्मा दिईएको छ ।
जसअनुसार प्रदेश नम्बर १ मा राम कार्की ,२ नम्बर प्रदेशमा लिलामणी पोखरेल,३ नम्बर प्रदेशमा गोपाल ठाकुर, ४ नम्बर प्रदेशमा डिलाराम आचार्य,५ नम्बर प्रदेशमा चन्द्रप्रकाश खनाल,६ नम्बर प्रदेशमा जनार्दन शर्मा र ७ नम्बर प्रदेशमा लेखराज भट्ट रहेका छन् । अन्यलाई पनि प्रत्येक प्रदेशमा रहने गरि जिम्मा दिएको छ ।
प्रकाशन बिभागमा नारायण शर्मा
नारायण शर्माको नेतृत्वमा प्रकाशन बिभाग गठन गरिएको छ । बिभागमा दिनानाथ शर्मा ,बिश्वभक्त दुलाल आहुती,शुरेस आलेमगर र गोपाल ठाकुर रहेका छन् ।
त्यसैगरी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन द्धन्द्धकालिन मुद्धाहरुका बिषयमा सरकारसंग संबोधन गर्न आग्रह गर्ने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताए ।उनका अनुसार शहिद,बेपत्ता,घाईते अपाङ्ग,लगायत द्धन्द्धपीडितहरुलाई राहात दिन पहल गर्ने माओवादी केन्द्रको निर्णय छ ।