अमेरिकाको न्यूयोर्कमा नेपाली झण्डा फहराएर नेपाल परेड

काठमाण्डौं, १० जेठ ।

1463978296USPARAD

अमेरिकाको न्यूयोर्कस्थति म्यानहाटनको ब्रोडवेमा आइतबार हजारौं नेपालीले आफ्नो राष्ट्रिय झन्डा फहराएर नेपाल परेड गरेका छन् ।

दौरा, सुरुवाल र टोपीमा सजिएका पुरुष तथा चौवन्दी र फरियामा आएका महिलाले ब्रोडवेको २९ स्ट्रिटदेखि १९ स्ट्रिट मिनी नेपाल जस्तै बनेको थियो ।

कतिपय नेपाली आफ्नै जातीय पोशाकमा झण्डा बोकेर पुगेका थिए । पहिलो पटक न्यूयोर्कमा आइतबार नेपाल डे परेडको आयोजना गरिएको हो ।

नेपाली समुदायका ४ दर्जनभन्दा बढी सस्थाले संयुक्त रुपमा आयोजना गरेको परेडमा परेडमा गुरुङ जातिले सोरठी, तामाङ जातिले झाँक्री तथा डम्फु, नेवार समुदायले लाखे र धिमे, राई जातिले साकेला, बाल्टिमोर समाजले पन्चे बाजा, मगर जातिले कौडा, लिम्बु जातिले च्याब्रुङ, तराई मधेस समुदायले घाघरारचोली, रिजवुड नेपाली समाजले भजन मण्डली र कलाकार संघले संगीत प्रस्तुत गरेका थिए ।

परेडको उद्घाटन संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगकी कार्यवाहक प्रमुख सेवा लम्सालले गरिन् ।