माओवादी केन्द्रको बैठक सकियो, भोली केन्द्रीय समितिले पूर्णता पाउने
काठमाडौं, ९ जेठ ।
१० वटा माओवादी मिलेर बनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको पहिलो वैठक आजबाट सुरु भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले समसामयकि विषय र पार्टी एकताको विषयमा रिपोर्टींग राखेका थिए । बैठकले एकतालाई अनुमोदन गर्दै केन्द्रीय समितिलाई पूर्णता दिने एजेण्डामा छलफल गरेको थियो ।
पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय समिति नअटेपछि राजधानीकै एक पार्टी प्यालेशमा बसेको बैठकमा समसामयिक राजनीतिक एजेण्डा प्रस्तुत गरिएको छ । । प्रचण्डले जेठभित्र सबै जिल्लामा एकता भेला आयोजना गर्ने कार्यक्रम सहितको राजनीतिक योजना प्रस्तुत गरेका छन् । यसका लागि उनले ६ सय ९९ केन्द्रीय सदस्यलाई आ–आफ्नो प्रदेशको एकता भेला गर्ने जिम्मेवारी दिनेगरि प्रस्ताव गरेका छन् ।
प्रचण्डको प्रस्तावमा पार्टी पदाधिकारीको कार्य विभाजन पनि छ । पदाधिकारीमा ५ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने भनिएको वैठकमा सहभागी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो वैठक आजको लागि सकिएको छ ।
शर्माका अनुसार भोलि पनि बैठक बस्ने र प्रचण्डको प्रस्ताव माथि छलफल गरिने छ ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको संगठनात्मक संरचनामा एक पदिय वा वहुपदिय कुनमा जान उचित हुन्छ भन्ने विषय समेत राखेका थिए ।
सोमबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरिएको छ । भोली बस्ने बैठकमा पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिइने जनाइएको छ ।