सहमति कार्यान्वयन भए मधेसी मोर्चाले सरकारससंग वार्ता गर्ने

काठमाडौ, ९ जेठ ।

madhesi-morcha-555x335 (1)

आफुसंग गरेका  सहमति कार्यान्वयन हुने प्रतिवद्धता जनाए मधेसी मोर्चाले सरकारससंग  वार्ता गर्र्ने भएको छ । सरकारले वार्तामा आउन मोर्चालाई फेरि मन्त्रिपरिषदबाटै लिखित आग्रह गरेको थियो । बिगतमा ३६ पटक वार्ता हुँदा पनि सहमति नभएको र दिएका आश्वासन पूरा नभएका कारण सरकारलाई विश्वास गर्ने अवस्था नभएको मोर्चाको भनाई छ । मोर्चाले आफुसंग भएको सहमति कार्यान्वयन गर्ने  ग्यारेन्टी नभएसम्म वार्तामा नबस्ने भनेको छ ।

मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामा जानुअघि सरकारको तर्फबाट संविधान पुनःलेखन र मधेसी मोर्चाले राखेका मागका विषयमा प्रष्ट धारणा आउनुपर्ने बताए । उनले घाइतेको उपचार, मुद्दा लगाएर थुनेका कार्यकर्ताको रिहाई र संविधान पुनःलेखन गर्ने ग्यारेन्टीसहितको धारणापछि मात्रै वार्तामा जाने बताए ।

वार्ता प्रधानमन्त्रीसँगै नै हुनुपर्ने उहाँको अडान छ । सरकारले औपचारिक पत्रका माध्यमबाट वार्ताका लागि बोलाउनुपर्ने मोर्चाले जनाएको छ । यसैबीच मेधसी गठबन्धनले आज काठमाण्डुको चावहिलमा प्रदर्शन गर्ने भएको छ । दिउँसो कोणसभासहितको प्रदर्शन हुनेछ ।गठबन्धनको आन्दोलन काठमाडौंमा भने २ दिन पनि टिक्न नसक्दा उनीहरुको विजोग भएको छ ।