संग्रौलाले भने ‘सक्यो झिल्केले सक्यो’
काठमाडौं, ७ जेठ ।
यो कुनै गितको बोल होकी भन्ने लाग्यो होला । तर यो प्रधानमनत्री के पी शर्मा ओलीका सपनामुखी अभिव्यक्तिहरुको सार्वजनीक रुपमा भइरहेका टिका टिप्पणीमा वरिष्ठ साहित्यकार एवं विश्लेषक खगेन्द्र संग्रौलाले गरेको टिप्पणी हो । खरो र आकषृक टिप्पणी र समिक्षा गर्न माहिर संग्रौलाले आफ्नो फmेसबुक स्टाटसमा लेखेका वाणी हुुन् यी । प्रधानमनत्रीले जनताको घरघरमा ग्याँस, नेपालको ध्वजाअंकीत पानीजहाज, काठमाडौका सडकमा रेल कुदाउने याोजना एक पछि अर्को गर्दे सार्वजनीक गरिरहेका बेला उनले यो प्रतिक्रिया लेखेका हुन् । उनले लेखेका छन्,
चुलाचुलामा ग्यास, डाँडाडाँडामा रेल, खाल्डाखाल्डामा तेल, कुवाकुवामा पानीजहाज, हातहातमा पखेटा, पेटपेटमा बाजेको पेडा । सक्यो झिल्केले सक्यो ।
संग्रौलाका रोचक स्टाटसहरुको श्रृंखला नै छन् । उनले लेखेका छन्, यो गृहयुद्ध वा बाह्य अतिक्रमण होइन, तैपनि १ धर्नाकर्मीविरुद्ध ५ प्रहरी खडेखडे । यो ओलीराजको पराक्रम हो कि भयग्रस्त मनोदशाको अभिव्यक्ति रु
त्यसैगरी उनको अर्को स्स्टाटस छ ,
हिजो राष्ट्रवादी भन्थे–नाका बन्दगर्ने, दुख दिनेरु आज भन्छन्–सिंहदरबार घेर्नेरु अन्यायमा परेकाले अब वायुमण्डल छेक्नमात्र बाँकी रह्यो। हैट्,मान्यवर ।
उनले अख्तियारमा कनकमणीलाई पक्राउ गरेको बेला लेखेका थिए ।
लोकमान र कनक एउटै वर्गका वर्गबन्धु। एउटा खुलेर राजावादी, अर्को लुकेर राजावादी। यी वर्गबन्धु बित्थामा जुधे। म कता लागूँ, हैट्,मलाई क्या हत्ते