कोलकाता नाईट राईडर्समाथि गुजरात लायन्सको ६ विकेटको जीत
काठमाडौं, ७ जेठ ।
आईपिएल क्रिकेटअन्तर्गत गएराति भएको खेलमा गुजरात लायन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
कानपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो । कोलकाताका लागि युसुफ पठानले ३६ रन तथा रविन सिंह उथप्पाले २५ रन जोडे ।
जवाफमा १२५ रनको सामान्य लक्ष्य गुजरातले १४ औं ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । गुजरातको जितमा कप्तान सुरेश रैनाको अविजित ५३ रन महत्वपूर्ण रह्यो ।
जितसँगै गुजरात लायन्सले आईपिएल क्रिकेटको दोस्रो स्थानमा उक्लँदै प्ले अफमा पुग्ने सम्भावना बलियो पारेको छ । १३ खेलबाट उसको १६ अंक भएको छ । समान १६ अंक जोडेको हैदरावाद रन रेटका आधारमा शीर्ष स्थानमा रहँदा १४÷१४ अंक जोडेका बैंग्लोर, कोलकाता र मुम्बई पनि प्ले अफको दावेदारीमा छन् ।
आईपिएल क्रिकेटमा आज छैटौं स्थानको दिल्ली डेयरडेभिल्सले शीर्ष स्थानको सनराईजर्स हैदरावादसँग खेल्नेछ ।