अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विभिन्न कार्यपत्रमाथि छलफल हुँदै

20052016083303buddha-600x0

काठमाडौं, ७ जेठ ।

काठमाडौंमा हिजोदेखी सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आज बौद्ध दर्शन सम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल हुँदैछ । सम्मेलनमा आज बुद्ध दर्शन र यसको प्रभावसंग जोडिएका विभिन्न २३ वटा कार्यपत्र प्रस्तुत हुँदैछन् । हिजो प्रस्तुत भएका र आज प्रस्तुत हुने कार्यपत्रमाथि एक साथ आज छलफल हुने आयोजक संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

यसअघि उद्घाटन सत्रपछि हिजै जापान, बेलायत, अमेरिका, श्रीलंका, बेलायत र भारतका प्राध्यापक र अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरेका थिए । आज प्रस्तुत हुने २३ मध्ये ७ वटा नेपाली अनुसन्धानकर्ता र बाँकी विदेशी प्रतिनिधिले प्रस्तुत गर्ने छन् ।

सम्मेलनमा २३ मुुलुकका १ हजार ३ सय भन्दा वढी धार्मिक गुरु तथा प्रतिनीधिले सहभागिता जनाएका छन् । बुद्धको जन्मस्थल र बौद्ध दर्शनको सुरुवात नेपालमै भएको हो भन्ने विश्वव्यापी सन्देश दिन आयोजना गरिएको सम्मेलन विभिन्न कर्यपत्रमा छलफल पछि आजै सकिने मन्त्रालयले जनाएको छ ।

बौद्ध दर्शनको वृहत्तर प्रचार र धार्मिक पर्यटन प्रवर्दशनमा सम्मेलन निकै फलदायी हुने सरकारले विश्वास लिएको छ । सम्मेलन समापन पछि भोली २५ सय ६० औं वुद्ध जयन्ती राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा गौतमवुद्धको जन्मस्थल लुम्विनीमा मनाउने सरकारले तयारी गरेको छ ।