प्रचण्डको नेतृत्वमा ‘नेकपा माओवादी केन्द्र’को घोषणा
काठमाडौं,६ जेठ ।
लामो समयदेखी एकताको लागी आन्तरीक कसरत गरेका माओवादी घटकहरुले आज एकता गरेका छन् ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा संयुक्त अधिवेशन बैठकपछि उनीहरुले पार्टी एकता भएको घोषणा गरेका हुन् ।
एकिकृत नेकपा माओवादी , रामबहादुर थापा बादलको नेतृत्वमा पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी , मातृका यादवको नेकपा माओवादी, विप्लव माओवादी बिद्रोही समूहका तिलक परियारको समूह, जयपुरी घर्ती र नयाँ शक्तिबाट आएका नेताहरुबीच पार्टी एकता भएको हो ।
एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिएको छ । एकतापछि बनेको ‘नेकपा माओवादी केन्द्र’को महाधिबेशन आयोजक समिति ६ सय ९९ सदस्यीय बनाईएको छ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्बसम्मत चयन भएका छन् ।पदाधिकारीको टुंगो भने केन्द्रिय समिति वैठकले गर्ने भएको छ ।