अब ‘नेकपा माओवादी केन्द्र’ , महाधिबेशन आयोजक समिति ६ सय ९९ सदस्यीय,बहुपदीय पदाधिकारी हुने
काठमाडौं,६ जेठ ।
माओवादीको एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ रहने भएको छ । आज दिउँसो ३ बजे बिभिन्न ५ माओवादीहरुबीच एकता हुँदैछ । एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र ‘ रहने एमाओवादी सचिव बर्षमान पुन अनन्तले जानकारी दिए । उनका अनुसार एकतापछि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहने छन् । पदाधिकारीमा को को रहने भन्ने बारे एकतापछि बस्ने केन्द्रिय समितिको बैठकले टुंगो लगाउने छ ।
एकतापछि माओवादीको महाधिबेशन आयोजक समिति ६ सय ९९ हुने सदस्यीय हुने भएको छ । एकसय जना बाकि रहने छन् ।
एकता घोषणा अघि बबरमहलस्थित एक पार्टी प्यालेसमा अहिले संयुक्त अधिवेशन चलिरहेको छ ।
एकता प्रक्रियामा एमाओवादीसँगै नेकपा क्रान्तिकारी माओवादीबाट आएका रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा माओवादी र जयपुरी घर्ती संलग्न छन् ।