यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रोयल च्यालेन्जर्स बैंग्लोरको आईपीएलमा लगातार तेस्रो जित. काठमाडौं,६ जेठ ।. किंग्स इलाभेन पञ्जाबलाई डीलए मेथडका आधारमा ८२ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोरले आईपीएलमा लगातार तेस्रो जित हात पारेको छ र ६ दिनमा सातौं नम्बरबाट टीम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।. बैंग्लोरका कप्तान विराट कोहलीको शतकको मदतमा बनेको ठूलो स्कोर पछ्याएको पञ्जाबले १४ ओभरमा १२० रन मात्र बनाउन सक्यो । रनको यो योग बनाउने क्रममा उसका ९ खेलाडी आउट भइसकेका थिए ।. वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा पञ्जाजका लागि १४ ओभर बनाइयो र डकवर्थ लुइस मेथडका आधारमा २०३ रनको लक्ष्य दिइएको थियो । पञ्जाबका लागि पी साहाले २४ रन बनाए । बैंग्लोरले प्रस्तुत गरेको ठूलो लक्ष्य पछ्याएको पञ्जाब सुरुदेखि नै दबावमा थियो ।. बैंग्लोरका युजबेन्द्र चाहलले ३ ओभरमा २५ रन दिएर चार विकेट हात पारे । शेन वाट्सन र एस अरभिन्दले समान २-२ विकेट हात पारे ।. यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले १५ ओभरमा ३ विकेट गुमाएर २११ रन बनाएको थियो । उसका लागि कप्तान कोहलीले ११३ रन बनाए । यस क्रममा उनले पहिलो विकेटका लागि क्रिस गेलसँग पहिलो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । गेल ७३ रनमा आउट भए ।. एबी डिबिलियर्स शुन्यमै आउट भए । लोकेश राहुल १६ र शेन वाट्सन १ रनमा अविजित रहे ।. जितसँगै बैंग्लोर १३ खेलबाट १४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ८ अंक जोडेको पञ्जाब पुछारमा छ ।.
रोयल च्यालेन्जर्स बैंग्लोरको आईपीएलमा लगातार तेस्रो जित

काठमाडौं,६ जेठ ।
किंग्स इलाभेन पञ्जाबलाई डीलए मेथडका आधारमा ८२ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोरले आईपीएलमा लगातार तेस्रो जित हात पारेको छ र ६ दिनमा सातौं नम्बरबाट टीम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बैंग्लोरका कप्तान विराट कोहलीको शतकको मदतमा बनेको ठूलो स्कोर पछ्याएको पञ्जाबले १४ ओभरमा १२० रन मात्र बनाउन सक्यो । रनको यो योग बनाउने क्रममा उसका ९ खेलाडी आउट भइसकेका थिए ।
वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा पञ्जाजका लागि १४ ओभर बनाइयो र डकवर्थ लुइस मेथडका आधारमा २०३ रनको लक्ष्य दिइएको थियो । पञ्जाबका लागि पी साहाले २४ रन बनाए । बैंग्लोरले प्रस्तुत गरेको ठूलो लक्ष्य पछ्याएको पञ्जाब सुरुदेखि नै दबावमा थियो ।
बैंग्लोरका युजबेन्द्र चाहलले ३ ओभरमा २५ रन दिएर चार विकेट हात पारे । शेन वाट्सन र एस अरभिन्दले समान २-२ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले १५ ओभरमा ३ विकेट गुमाएर २११ रन बनाएको थियो । उसका लागि कप्तान कोहलीले ११३ रन बनाए । यस क्रममा उनले पहिलो विकेटका लागि क्रिस गेलसँग पहिलो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । गेल ७३ रनमा आउट भए ।
एबी डिबिलियर्स शुन्यमै आउट भए । लोकेश राहुल १६ र शेन वाट्सन १ रनमा अविजित रहे ।
जितसँगै बैंग्लोर १३ खेलबाट १४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ८ अंक जोडेको पञ्जाब पुछारमा छ ।