अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आजबाट काठमाडौमा सुरु ,२८ देशका चार सय भन्दा बढी प्रतिनिधि सहभागी
काठमाडौं, ६ जेठ ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आजबाट काठमाडौमा सुरु भएको छ । २५ सय ६०औं बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी नेपाल द बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ बुद्धिज्म एण्ड वल्र्ड पीस’ को नारासहित सरकारले सम्मेलन गरेको हो ।आजबाट सुरु भएको सम्मेलन भोलीसम्म चल्नेछ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । । सम्मेलनमा विभिन्न २८ देशका चार सय भन्दा बढी प्रतिनिधि, बौद्ध धर्मका गुरुहरु, वरिष्ठ मन्त्री र उच्च अधिकारी सहभागी छन् ।
सम्मेलनमा भगवान बुद्ध र बुद्ध धर्मबारे २० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सरकारले यही जेठ ८ गते लुम्बिनीमा भगवान वुद्धको जन्म भएको हो भन्ने सन्देशसहित वुद्ध जयन्ती पनि मनाउने तयारी गरेको छ ।