चीनबाट सामान ल्याईदै
काठमाडौं,५ जेठ ।
चीनको लानझाउबाट काठमाडौंका लागी भनेर ल्याईएको सामान आजबाट ल्याउन सुरु गरिएको छ । काठमाडौंका लागी ल्याउन लागीएको सामान नेपाली तथा चिनीयाँ ट्रकमा सिगात्सेमा लोड गर्दै ल्याउन लागीएको हो ।
काठमांडौका लागि सामान बोकेको चिनियाँ रेल सिगात्से आईपुगेपछि नेपाली तथा चिनीयाँ ट्रकमा सामान लोड गर्न थालीएको हो । । गत बुधबार चीनको लानझाउबाट छुटेको रेल करिब २ हजार ५ सय किलोमिटर दुरी पार गर्दै सिगात्से आईपुगेको हो ।
ती सामान सीमानाकाबाट करिब ५ सय ७० किलोमिटर टाढा रहेको सिगात्सेबाट केरुङ हुदै नेपाल भित्रनेछन् । आज आबश्यक प्रक्रिया सकिए भोलीसम्ममा ती ट्रक नेपाल भित्रिसक्ने रसुवा भन्सार कार्यालयले जनाएको छ ।
यद्यपी भाषागत कठिनाईका कारण सो प्रक्रियामा केहि समस्या देखिएपछि रसुवाका भन्सार प्रमुख केदार प्रसाद पराजुली नेतृत्वको टोली केरुङ तर्फ लागेको छ । सो टोलीले आबश्यक सम्वयन गरी लोड गरिएका ट्रक तथा कन्टेनर नेपाल भित्र्याउन पहल गर्नेछ ।
सो रेलमा ४३ डब्बा घरायसी सामान र ८६ कार्गो कन्टेनर रहेका छन् ।