मोहन वैद्यः मोहनबिक्रमका नयाँ अवतार !
मनहरि तिमिल्सिना
गौतम वुद्धले मूर्ति पूजाको विरोध गरे। पूर्वजन्म र पुनर्जन्मलाई नकारे। तर, जब उनको निधन भयो, उनको शालिक खडा गरियो। अनुयायीहरु वुद्धलाई ईश्वरीय अवतारको रुपमा बुझ्न थाले। जिन्दगीभर भौतिकवादको पक्षमा वकालत गरेका वुद्धलाई आध्यात्मिक कित्तामा उभ्याउने कोशिस गरियो। वुद्धले स्थापित गरेको विश्व शान्तिको दर्शनलाई बलात् वुद्ध धर्मको कित्तामा धकेलियो। यो सबै वुद्धको योगदान र आदर्शप्रतिको उच्च सम्मान र श्रद्धाको परिणाम पनि थियो। वुद्ध दर्शनको भौतिकवादी सारतत्व केलाउने मेहेनतबाट मुक्तिको चलाखीपूर्ण बाटो पनि थियो।
सामन्तवादको मूलोच्छेद हुँदै थियो। पूँजीवादको टुसा अङ्कुराउँदै थियो। माक्र्सले सामन्तवादको बिघटन र पूँजीवादको उदयको चित्र नजिकबाट नियालिरहेका थिए। जर्मनको दर्शन, बेलायतको औद्योगिक क्रान्ति र पेरिस कम्युनका अनुभवहरुको सार खिच्नु उनले आफ्नो कार्यभार सम्झे। त्यसैको परिणामस्वरुप कम्युनिष्ट घोषणापत्र र माक्र्सवाद अस्तित्वमा आयो, यसले आफ्नो ध्रुव र वर्गका लागि आवश्यक पर्ने दार्शनिक दिशाबोध र भौतिक शक्तिको निर्माण ग¥यो। यही दार्शनिक धारा नै विश्वमा हजारौं वर्षदेखि अस्तित्वमा रहेको आध्यात्मिक र प्रतिक्रियावादी धारा र शक्ति विरुद्ध सङ्घर्ष गरिरहेको छ।
‘गति र वर्ग सङ्घर्ष नै इतिहासको चालक शक्ति हो। समाजमा वर्गहरुको अस्तित्व रहेसम्म वर्ग सङ्घर्ष चलिरहन्छ। वर्ग सङ्घर्षमा बल प्रयोगको भूमिका अनिवार्य हुन्छ। समाजवादको स्थापना पश्चात् साम्यवादको ध्येय हासिल गर्न सर्वहारा वर्गले आफ्नो अधिनायकत्व स्थापित गर्नुपर्छ, जसले स्वतन्त्रताको दुनियामा पुग्ने मार्ग प्रशस्त गरोस्। सर्वहारा वर्गको सङ्घर्ष र अधिनायकत्वका लागि कम्युनिष्ट पार्टीको स्थापना र नेतृत्व जरुरी महत्वको प्रश्न हो। निरन्तर क्रान्तिले मात्रै साम्यवादको ध्येय हासिल गर्न सकिन्छ।’ यो नै माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत र सार्वभौम सत्य हो।
माक्र्सवाद मानव मुक्ति र भौतिकवादी दृष्टिकोणको विज्ञान हो। सार्वभौम विज्ञान हुनुका नाताले यसका केही आम नियमहरु छन्, जसले माक्र्सवादको स्वत्वलाई जीवित राख्दछ। ‘गति र वर्ग सङ्घर्ष नै इतिहासको चालक शक्ति हो। समाजमा वर्गहरुको अस्तित्व रहेसम्म वर्ग सङ्घर्ष चलिरहन्छ। वर्ग सङ्घर्षमा बल प्रयोगको भूमिका अनिवार्य हुन्छ। समाजवादको स्थापना पश्चात् साम्यवादको ध्येय हासिल गर्न सर्वहारा वर्गले आफ्नो अधिनायकत्व स्थापित गर्नुपर्छ, जसले स्वतन्त्रताको दुनियामा पुग्ने मार्ग प्रशस्त गरोस्। सर्वहारा वर्गको सङ्घर्ष र अधिनायकत्वका लागि कम्युनिष्ट पार्टीको स्थापना र नेतृत्व जरुरी महत्वको प्रश्न हो। निरन्तर क्रान्तिले मात्रै साम्यवादको ध्येय हासिल गर्न सकिन्छ।’ यो नै माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत र सार्वभौम सत्य हो।
उल्लेखित आधारभूत मान्यता र प्रस्तावना बाहेक समकालीन समाजका विशेषता र वर्ग शक्ति सन्तुलनका आधारमा आवश्यक रणनीति र कार्यनीतिको विकास गर्न हरेक कम्युनिष्ट पार्टी स्वतन्त्र छन्। माक्र्सवाद गतिशील विज्ञान भएकाले यसको विकास पनि अनिवार्य हुन्छ। व्यवहारिक प्रयोगबाट प्राप्त अनुभव र सफलताकै आधारमा यसले आफूलाई विकसित गर्दछ। माक्र्सवादले आधारभूत स्वत्व नै गतिशीलता हो। कम्युनिष्ट घोषणापत्र जारी भएको आज १६७ वर्ष बित्यो, माक्र्सवादकै जगमा मालेमावादको विकास भयो, विश्वको एकतिहाई भूगोलमा समाजवाद जन्मियो र ढल्यो। औद्योगिक पूँजी बित्तीय पूँजीमा बदलियो। सूचना प्रविधिको विकासले विश्व भूमण्डलीकृत भयो। बहुराष्ट्रिय कम्पनिले बहुदेशीय सम्बन्ध र व्यापार बिस्तार ग¥यो। यी सबै विशेषता कार्ल माक्र्सको देहान्तपछिका नयाँ आयामहरु थिए, जसलाई माक्र्सले आफ्नै आँखाले देखेनन्, जीवन कालमा भोगेनन्। यसर्थ, माक्र्सले पछिल्लो विकासको अवस्थालाई संश्लेषण गर्न सम्भव थिएन र भएन।
कम्युनिष्ट घोषणापत्र जारी भएको आज १६७ वर्ष बित्यो, माक्र्सवादकै जगमा मालेमावादको विकास भयो, विश्वको एकतिहाई भूगोलमा समाजवाद जन्मियो र ढल्यो। औद्योगिक पूँजी बित्तीय पूँजीमा बदलियो। सूचना प्रविधिको विकासले विश्व भूमण्डलीकृत भयो।
कम्युनिष्ट आन्दोलनमा माक्र्सवादलाई धर्मशास्त्रकै समकक्षीमा बुझ्ने एक घातक प्रवृत्ति प्रारम्भदेखि रहँदै आएको छ। माक्र्सवादलाई शास्त्रीय सत्यका रुपमा बुझ्नु यस प्रवृत्तिको विशेषता हो। यसले शब्दमा माक्र्सवादको गतिशीलतालाई स्वीकार गर्दछ। तर, व्यवहारमा जडताबाट अलिकति पनि लचक हुनै मान्दैन। हरेक समस्याको हल शास्त्रमा खोज्नु यसको विशेषता हो। वस्तुगत सत्य र आवश्यकतालाई ईन्कार गर्ने यस प्रवृत्तिको नियत क्रान्ति गर्नु हुन्छ। तर, परिणाम भीषण प्रतिक्रान्तिको खाडलमा गएर भासिन्छ। माक्र्सवादका आधारभूत सत्यका साथै अन्तरसङ्घर्ष र वर्गसङ्घर्षका सबै समस्याको हलमा शास्त्रमा खोजिन्छ। तर, शास्त्रले वर्गसङ्घर्षका दैनन्दिनका समस्याको सम्बोधन गर्न सक्दैन। यसले वर्ग सङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोग नै ज्ञान प्राप्तिको आधार भएको कुरा सैद्धान्तिक रुपमा मान्दछ। तर, व्यवहारमा शास्त्रीय सिद्धान्तलाई नै ज्ञानको सम्पूर्ण स्रोत मान्दछ। क्रान्तिको सपना देख्दादेख्दै आँखै अगाडि क्रान्तिको अवसान हुनु यस प्रवृत्तिको परिणति हो। आजको माओवादी आन्दोलनमा कमरेड मोहन वैद्य यसै प्रवृत्तिको प्रतिनिधित्व गर्दैछन्।
माओवादी पार्टी महान् जनयुद्धको प्रक्रियामा बिशिष्ट शक्ति सन्तुलनसहित शान्ति प्रक्रियामा आयो। नेपाली क्रान्तिले घुम्ती हान्यो। विश्वमा जाने–मानेकै बाटोमा हिड्दा एम्बुसमा परिने जोखिम थियो। बिलकूल नयाँ बाटो हिड्दा गन्तव्य हराउने वा अर्को दुर्घटनामा पर्ने खतरा। नेतृत्वले अलिकति साहस ग¥यो, अलिकति दुस्साहस ग¥यो। प्रयोग बिना विज्ञानको औचित्य पुष्टि हुँदैन। त्यसैले परीक्षणकै दिशामा नेतृत्व अघि बढ्यो। नेतृत्वका पनि दोषहरु अवश्य थिए। आफ्नै वरिपरि झाङ्गिएको झाडीसँग नेतृत्व बेखवर जस्तै रह्यो। नागरिकले माओवादीको ‘अरुलाई हे¥यौं पटकपटक, माओवादीलाई हेरौं एकपटक’ नाराकै आधारमा पहिलो पार्टी बनाएका थिए। परीक्षण स्वरुप दिएको जनादेशलाई राजीनामा ठानियो। जनमतले अहङ्कार जन्मायो। शास्त्रमा समाधान खोज्नेहरुले किताब पल्टाए। तर, त्यहाँ व्यवहारिक समाधानको मार्ग आफै खोज्न भनिएको थियो। त्यसले जडताको डोरीलाई झनै कस्यो। घर भाँडिएकै बेला छिमेकीले बल्छी हान्यो। शास्त्रले बल्छीको परिणाम बुझ्न सक्दैनथ्यो र सकेन। आफै निर्णायक भएको संविधानसभा आफ्नै आँखैअगाडि ढल्यो, पार्टी फुट्यो। जनताको शिर झुक्यो। आशातित नजरहरु शङ्कालु बने। समय बित्यो। बिभाजित मन र सोंच बोकेरै महाभारतको युद्धमा भिड्नु दुस्साहस हुन्थ्यो र भयो। हजारौं हण्डर ठक्करपछि क्रान्तिकारीहरु जुट्दैछन्। यो हामी सबैका लागि सुखद् प्रेरणा नै हो।
परीक्षण स्वरुप दिएको जनादेशलाई राजीनामा ठानियो। जनमतले अहङ्कार जन्मायो। शास्त्रमा समाधान खोज्नेहरुले किताब पल्टाए। तर, त्यहाँ व्यवहारिक समाधानको मार्ग आफै खोज्न भनिएको थियो। त्यसले जडताको डोरीलाई झनै कस्यो। घर भाँडिएकै बेला छिमेकीले बल्छी हान्यो। शास्त्रले बल्छीको परिणाम बुझ्न सक्दैनथ्यो र सकेन। आफै निर्णायक भएको संविधानसभा आफ्नै आँखैअगाडि ढल्यो, पार्टी फुट्यो। जनताको शिर झुक्यो।
२०६९ असार २ गते एमाओवादीबाट अलग हुने बेला कमरेड बैद्य गर्जिदै थिए। गर्जिंदै उनले भनेका थिए, ‘प्रचण्ड–बाबुरामले क्रान्तिलाई धोका दिए। अब क्रान्तिको झण्डा हामी बोक्छौं। जनविद्रोहको कार्यदिशा लागु गर्नु हाम्रो कार्यभार हो।’ वैद्य वाणि जनताले पत्याएनन्। तर, शरीरमा क्रान्तिकारी रगत उम्लिरहेका कार्यकर्ताले पत्याए र साथ दिए। वैद्यका कार्यकर्ता ठान्थे, ‘प्रचण्डले चाहेको भए सशस्त्र जनविद्रोह हुन्थ्यो। तर, चाहेनन् र भएन। अब वैद्यले चाहन्छन् र हुन्छ पनि।’ जनविद्रोह जादुको छडीमा हुने विषय थिए। वर्ग शक्ति सन्तुलन माओवादी अनुकूल थिएन र भएन।
भनिन्छ, ‘जस्तो रोपिन्छ, त्यस्तै फल्छ।’ समस्याको समाधान फुटमा थिएन। क. किरणले जे सिकाए, नेता, कार्यकर्ताले त्यही सिके। फुटमा समाधान देख्ने वैद्यको ‘सरुवा रोग’ सहकार्यका क्रममा बिप्लवमा सल्कियो। अन्ततः वैद्यले प्रचण्डमाथि बोकाएको दोषको भारीजस्तै भारी वैद्यमाथि बोकाउँदै बिप्लव अलग भए। यो फुट पनि क्रान्तिकै लागि भनियो। कैयौं जोदाहा कार्यकर्ता क्रान्तिको हुटहुटी बोकेर बिप्लव मोर्चामा सामेल भए। तर, उनीहरुभित्र जलेको क्रान्तिको दियोमा तेल कतिबेला सकिन्छ ? धेरै पर जाला भन्न सकिने स्थिति छैन।
स्वतन्त्र क्रान्तिकारी धारको नेतृत्व गरेर वैद्यले ठूलै भूमिका खेलेका थिए। तर, त्यति गौरवपूर्ण इतिहास बोकेका वैद्य मोहनबिक्रम प्रवृत्तिकै शिकार हुने त होइनन् ? नेपाली माओवादी आन्दोलनमा सकारात्मक चिन्ता उब्जिएको छ।
कम्युनिष्ट आन्दोलनमा वैद्यको योगदान निम्छरो पक्कै छैन। तिनै वैद्य हुन्, जसले मोहनबिक्रमको सारसङ्ग्रहवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कार्यदिशाको झण्डा उठाए। चीन–रुसबीच भएको महाविवादको सन्दर्भमा होस् वा पाँचौं महाधिवेशनमार्फत् क्रान्तिकारी कार्यदिशाको विकास गर्ने सन्दर्भमा होस्, स्वतन्त्र क्रान्तिकारी धारको नेतृत्व गरेर वैद्यले ठूलै भूमिका खेलेका थिए। तर, त्यति गौरवपूर्ण इतिहास बोकेका वैद्य मोहनबिक्रम प्रवृत्तिकै शिकार हुने त होइनन् ? नेपाली माओवादी आन्दोलनमा सकारात्मक चिन्ता उब्जिएको छ।
मोहनबिक्रमको बौद्धिकताको आज पनि प्रसंशा गरिन्छ, जसरी मोहन वैद्यको गरिन्छ। तर, दुवै नेताको सीमा यहीँनेर छ, ‘उनीहरुले ज्ञानलाई विज्ञानसँग जोड्न सकेनन्।’ मोहनबिक्रमले हजारौं नौजवानहरुलाई क्रान्तिकारी शिक्षा दिए। प्रशिक्षित गरे, क्रान्तिकै लागि भनेर जीवन व्यतित पनि गरे। तर, कहिल्यै क्रान्तिको योजना बनाएनन्, आँट गरेनन् र प्रयोगमा जान डराए। बरु, क्रान्तिकारीहरुलाई गाली गर्नमै उनको जिन्दगी बित्यो। आफूले क्रान्ति नगर्ने, अरुले क्रान्ति गरेको पनि देख्नै नसक्ने, क्रान्ति गर्नेहरुलाई यो वा त्यो वादको अभियोग भिराएर निरुत्साहित गर्ने उनको प्रवृत्तिलाई नेपालको कम्युनिष्ट आन्दोलनमा ‘एमबी प्रवृत्ति’ को रुपमा चिनिन्छ। तर, माओवादी आन्दोलनमै होमिएर आएका मोहन वैद्यको पछिल्लो सोंच र कर्मले उनी पनि ‘एमबी प्रवृत्ति’कै शिकार हुने खतरा बढेको छ।
उखान नै छ, ‘बाँच्दै रहे, नाँच्दै रहुँला।’ यो एकता पनि उल्लेखित भनाइजस्तै हो। जबसम्म क्रान्तिको झण्डा बोक्न योग्य शक्ति आर्जन गरिँदैन, क्रान्तिकारी उर्जा भर्न सकिँदैन, तबसम्म कागजमा क्रान्ति होला। तर, जीवन व्यवहारमा हुँदैन।’ कागजमा राम्रो योजना कोर्नु ठूलो कुरा होइन। ठूलो कुरा त लागु गर्ने सामथ्र्य राख्नु हो। कल्पना र यथार्थबीच आकाश–पातालकै अन्तर हुन्छ। कल्पना सबैभन्दा सजिलो काम हो। तर, व्यवहार सबैभन्दा जटिल र पेचिलो हुन्छ। यसर्थ, क्रान्तिका लागि क्रान्तिकारीहरुको एकता पहिलो शर्त हो।
अहिले विभिन्न माओवादी घटकहरुबीच एकता हुँदैछ। तर, यो एकताको प्रक्रियामा मोहन वैद्य सँगै छैनन्। माओवादी घटकहरुबीच एकता हुनेबित्तिकै क्रान्ति वा जनविद्रोह भइहाल्छ भन्ने होइन। तर, शक्तिशाली आधारशिला भने अवश्य खडा हुन्छ। चर्चित् नेपाली उखान नै छ, ‘बाँच्दै रहे, नाँच्दै रहुँला।’ यो एकता पनि उल्लेखित भनाइजस्तै हो। जबसम्म क्रान्तिको झण्डा बोक्न योग्य शक्ति आर्जन गरिँदैन, क्रान्तिकारी उर्जा भर्न सकिँदैन, तबसम्म कागजमा क्रान्ति होला। तर, जीवन व्यवहारमा हुँदैन।’ कागजमा राम्रो योजना कोर्नु ठूलो कुरा होइन। ठूलो कुरा त लागु गर्ने सामथ्र्य राख्नु हो। कल्पना र यथार्थबीच आकाश–पातालकै अन्तर हुन्छ। कल्पना सबैभन्दा सजिलो काम हो। तर, व्यवहार सबैभन्दा जटिल र पेचिलो हुन्छ। यसर्थ, क्रान्तिका लागि क्रान्तिकारीहरुको एकता पहिलो शर्त हो। जसलाई कुनै पनि बहाना र कुतर्कका बलमा टार्न खोज्नु क्रान्तिकै गला रेट्नु हो।
अन्ततः जतिसुकै चलखेल गरे पनि ६ जेठमा माओवादी एकता निश्चित भएको छ। एकताका लागि बादल समूहले बहुमतको डण्डा बर्साएपछि वैद्य नराम्रोसँग रन्थनिएका छन्। वैद्यले आफ्नै पहलमा माओवादी एकताको सन्देश दिन सक्नुपथ्र्यो। तर, सकेनन्। अब उनका सामू प्रमूख तीन बिकल्प छन्। पहिलो, विगतप्रति निर्मम समीक्षा गरेर एकताको प्रक्रियालाई स्वीकार गर्नु, दोस्रो, आफ्नो समूह लिएर बिप्लव माओवादीमा सामेल हुनु, र तेस्रो, सक्रिय राजनीतिबाट सन्यास लिएर अध्ययन र लेखनमा लाग्नु। तर, वैद्यले हत्तपत्त यी तीनै बिकल्प रोज्ने छैनन्। बरु, मोहनबिक्रमझैं सबै क्रान्तिकारी लाखापाखा लागिसक्दा समेत क्रान्तिकै नाममा स–सानो कोटरी चलाएर बस्नेछ। उनी मोहनबिक्रम हुन सक्ने छैनन्। तर, उनको कदमले मोहनबिक्रमका अनुयायी वा नयाँ अवतारको रुपमा अस्तित्व धान्नुबाहेक अर्को बिकल्प देखिन्न। उनले सोचुन्, ‘अझै पनि एमबी प्रवृत्तिबाट माथि उठ्ने अन्तिम अवसर बाँकी नै छ।’
मनहरी डटकम डट एनपी ब्लग पोष्टबाट