अबैद्य पुस्तक बितरण गर्ने प्याब्सनलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं,४ जेठ ।

13263796_487906108078197_280431053071920752_n
एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना प्याब्सनले कक्षा १ देखि १० सम्म अबैध रूपमा वितरण गरेको पुस्तक शिक्षामन्त्रीलाई बुझाएको छ ।

क्रान्तिकारीले अबैद्य पुस्तक बितरण गर्ने प्याब्सनलाई कारबाही गर्न माग गर्दै शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई  बुझाएको हो ।

प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृति विना कक्षा १ देखि १० सम्म वितरण गरेको ‘प्याब्सन साइन्स’ नामक पुस्तक वुझाएको हो।

पुस्तक हेरेपछि मन्त्री पोखरेलले उक्त पुस्तकको विषयमा तिनदिनभित्र आवश्यक छानविन गरी कारवाही गर्ने वताएको क्रान्तिकारीले जनाएको छ ।

उक्त विषयमा क्रान्तिकारीले पेश गरेको ज्ञापनपत्र वुझ्दै शिक्षामन्त्री  पोखरेलले नियम र कानुन विपरित जाने जो कोहीलाई कानुनी दायरामा ल्याउने बताएको क्रान्तिकारीका कार्यबाहक अध्यक्ष नरेन्द्र न्यापानेले जानकारी दिए ।

उनका अनुसार पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिबिना प्याब्सनले देशभर विक्री गरेको पुस्तक वितरण कार्य तत्काल रोकी अविलम्ब कारबाही गर्ने माग राख्दै मन्त्रीलाई आज शिक्षा मन्त्रालयमा  ज्ञापनपत्र वुझाइएको थियो ।

ज्ञापनपत्र

13221039_487906251411516_5333219297175973770_n

13263796_487906108078197_280431053071920752_n