निस्वार्थपूर्ण ढङ्गले काम गरे सफलता हासिल हुने-कमल थापा

काठमाडौंं,  २४ वैशाख  ।
1
उपप्रधानमन्त्री कमल थापाले निस्वार्थपूर्ण ढङ्गले काम गरे सफलता हासिल हुने बताएका छन्।
काठमाडौँ कलेज अफ म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि फलको आशा नगरी काम गरेमात्र सफल भइने बताए। “विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्व हुन्छ, अनुशासित विद्यार्थीले मात्र परीक्षामा राम्रो गर्न सक्छ,” उनले भने।

परराष्ट्रमन्त्रीसमेत रहनुभएका थापाले देशको परिवर्तनमा विद्यार्थी नेतृत्वको भूमिका आवश्यक रहेको बताए। उनले मुलुकमा संविधान निर्माण भइसकेकाले अब देशलाई विकासको बाटोमा अगाडि लैजानु पर्ने बताए। राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय राष्ट्र निर्माणमा लाग्नु पर्ने बताए।उनले स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहेको भन्दै छिट्टै स्थानीय निकायको निर्वाचन गरिने बताए। रासस