सुशिला कार्की फेरी प्रधानन्यायधिशमा सिफारीस
काठमाडौ, २० बैशाख ।
सर्वोच्च अदालतकी जेष्ठतम न्यायधिस सुशीला कार्कीलाई संबैधानिक परिषदले पुनः प्रधानन्यायधिसमा नियूक्तीकोलागि सिफारिस गरेको छ ।
यसअघि बसेको बैठकले पनि कार्कीलाई प्रधानन्यायधिसमा नियूक्तीकोलागि सिफारिस गरेको थियो । परिषद्की सदस्य सभामुख ओनसरी घर्ति अस्पतालमा
उपचार गराईरहेको बेला उनको उपस्थिति विनाको बैठकले नियूक्तीको सिफारिस गरेको थियो । त्यो
अघिल्लो पटकको सिफारीस प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्कीको नियूक्तीमा सभामुखको समेत समर्थन भन्दै निर्णय गराएका थिए । तर सभामुख घर्तीले आफ्नो सहमति नभएको भन्दै असन्तुष्टी प्रकट गरेकी थिईन ।
सभामुख घर्ति समेत उपस्थित आजको बैठकले पुन कार्कीलाई प्रधानन्यायधिसमा नियूक्तीकोलागि सिफारिस गरेको परिषदका सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले जानकारी दिए ।